२४ बैशाख २०८१, सोमबार

प्लास्टिकका भाडाको प्रयोगवाट हाम्रो शरीरमा हुने हानी


plastic

सजिलो,सस्तो र प्रयोग गर्नका लागि हलुंगो हुने भएकोले धेरैले आफ्नो भान्सामा प्लास्टिकका भाडावर्तन र अन्य सामग्रीहरु प्रयोग गर्छन् । यहाँसम्म की माइक्रोवेभ सेफ कन्टेनरसँगै पकाउनका लागि पनि प्लास्टिकका भाडाकुडा पाउन सकिन्छ । के तपाईलाई वास्तवमा लाग्छ-प्लास्टिकका सामाग्री भान्साका लागि प्रयोग गर्न सुरक्षित छ ? वास्तवमा प्लास्टिक एउटा सेन्थेटिक वस्तु हो जसलाई धेरै अर्गानिक पोलिमर्सहरुको प्रयोगबाट बनाइन्छ । नरम हुँदा त्यसलाई जुनसुकै आकारमा ढाल्न सकिन्छ र बिस्तारै तात्तिदैँ गएपछि त्यो आफै दह्रो हुन्छन् । सटिकरुपमा भन्नुपर्दा प्लास्टिक आफैंमा धेरैवटा रासायनिक पदार्थलाई एकसाथ मिलाएर बनाइएको पदार्थ हो ।

आजको समयमा बिपिएलाई सबैभन्दा हानिकारक तत्वको रुपमा लिइन्छ । यो प्लास्टिकलाई दह्रो बनाउने एउटा महत्वपूर्ण बस्तु हो । यसैकारण यसलाई आज धेरैवटा उपभोग्य सामग्रीमा प्रयोग गरिन्छ चाहे त्यो भाडाकुडा होस् वा खाद्यन्नको प्याकेट । बिपिए धेरै किसिमका जीर्ण विकारहरुसँग सम्बन्ध राख्छ । जस्तै मधुमेह, मुटु रोग, स्तन क्यान्सर आदि । पथालेट्स इन्डोक्राइन प्रणालीका लागि घातक रासायनिक समूह हो । पथालेट्स प्लास्टिकहरुलाई नरम बनाउनका लागि प्रयोग गरिन्छ जसबाट कप, कस्मेटिक्स आदी बनाइन्छ । पथालेट्ससँग अत्याधिक सम्पर्कमा आएमा स्तन क्यान्सर, पुरुष प्रजनन समस्इा, अटिज्म, डायबेटिस बी, दम, कम स्मरण शक्ति, एडिएचडि जस्ता विविध स्वास्थ्य समस्या निम्त्याउँछ ।

सावर पर्दाका लागि अधिक प्रयोग हुने प्लास्टिकमा भिनाएल क्लोराइड प्रयोग भएको हुन्छ । यसले क्यान्सरको खतरा निम्त्याउँछ ।अण्डाको कार्टुन, युज एण्ड थ्रो वाला कप, प्लेट, चम्ची बनाउनका लागि प्रयोग हुने प्लास्टिकमा स्टिरिन प्रयोग हुन्छ । यो पनि क्यान्सरको एउटा कारक तत्व हो । यसको सबैभन्दा घातक पक्ष भनेको यस्ता पदार्थहरुले कति हदसम्म हाम्रो स्वास्थलाई हानी गर्छ भन्ने विषयमा हालसम्म अध्ययन भएको पाइएको छैन् । यद्यपी यी भाडा वर्तनले यसप्रकारका धातक र हानिकारक रासायनिक डोज हाम्रो शरीरलाई दिइरहेको छ । यस्ता हानिकारक रासायनिक तत्वहरु हाम्रो शरीरमा विभिन्न तरिकाले प्रवेश गर्छन् । त्यस्ता बस्तुलाई निल्दा, सुँघ्दा वा सामान्य छुँदा मात्र पनि ती हाम्रो शरीरमा प्रवेश गर्छन् ।

अधिकांश समयमा तापको कारणले यीनिहरुमा रासायनिक प्रतिक्रिया हुँदा पनि रासायन उत्सपन्न हुन्छ । यसबाहेक विश्वभरी पुरुषहरुको शुक्रकिट उत्पन्न नहुने समस्याको ४० प्रतिशत प्लास्टिक प्रयोग जिम्मेवार देखिएको छ । प्लास्टिकमा पाइने यस्ता रासायनिक तत्वले तपाईको शरीरमा तत्काल कुनै असर नदेखाएपनि बिस्तरै यसले शरीरका अंगहरुको कार्य प्रणालीमा असर पार्छ । समयसँगै यसले शरीरमा दीर्घ रोग निम्त्याउँछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !