२४ बैशाख २०८१, सोमबार

स्क्रेचलाई हटाउने तरिका


scratch

कार बाइकमा स्क्रेच हुनु स्वभाविक कुरा हो । तर यसले लाखौं कराडौं पर्ने तपाईको सवारी साधनलाई एकैपटकमा कुरुप बनाइदिन्छ । यस्तो अवस्थामा तपाईले गाडीलाई पुनः सुन्दर बनाउन त्यस भागलाई नयाँ लगाउनुपर्छ वा त्यसलाई मर्मत सम्हार गर्नुपर्छ । यसो गर्दा तपाईलाई धेरै खर्च लाग्नसक्छ । तर अब तपाईले यसका लागि तनाव लिनु पर्दैन किनभने हामी तपाईलाई यो समस्याको एउटा सुलभ समाधान बताउँदै छौं । जसका लागि तपाईलाई मात्र दश रुपयाँको आवश्यक छ ।

आफ्नो बाहनलाई सुन्दर राख्नका लागि सबैभन्दा पहिले तपाई एउटा टूथपेस्ट किन्नुहोस् । यसलाई बनाउनका लागि बेकिङ सोडाको प्रयोग गरिएको हुन्छ जसले धातुमा लागेको खियालाई पनि सफा गर्ने काम गर्छ । यो कार वक्स जस्तै जेलको स्वरुपमा हुन्छ र यसलाई बाहनको पेन्टिङमा लगाउन सजिलो हुन्छ । यदि यो तरल स्वरुपमा हुन्थ्यो भने यसलाई लगाउँदा यो बगेर जाने थियो । यसलाई प्रयोग गरेर क्षणभरमै स्क्रेच हटाउने विधि छ जुन तपाईलाई हामी बताउने छौं । सबैभन्दा पहिले टूथपेस्टलाई कम मात्रामा स्क्रेच भएको भागमा लगाउनुहोस् । त्यसपछि त्यस भागलाई कटनको कपडाले विस्तारै रगड्नुहोस् । पूरै लागेपछि त्यसलाई पानीले धुनुहोस् । तपाईले स्क्रेच धेरै हदसम्म हराएको पाउनु हुनेछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !