२१ बैशाख २०८१, शुक्रबार

कम बच्चा जन्माउनाले यस्तो गम्भीर परिणाम आउनसक्छ


गर्भवती

सन्तान जन्माउने महिलाको प्राकृतिक क्षमता र वरदान हो । हाल यस विषयमा भएको एउटा शोधको परिणाम निकै अनौठो आएको छ । शोधको नतिजाले समाजमा गम्भीर परिणाम ल्याउन सक्ने बताइएको छ । शोधले महिलाको प्रजनन दरमा कमि आएको देखाएको छ । शोधको प्रतिवेदनमा प्रजनन दर कम हुनुको अर्थ आधाभन्दा धेरै देशमा जन्म दर अस्थायी रुपमा कमि हुनु हो । यसरी हेर्दा ती देशको जनसंख्यालाई विस्तार गर्नका लागि पर्याप्त बच्चा नहुन सक्छ ।

‘द लान्सेट’ मा प्रकाशित एक अध्ययनमा प्रत्येक देशमा वर्ष १९५० देखि २०१७ को बीचको ट्रेण्डलाई अध्ययन गरिएको थियो । साल १९५० मा महिलाहरुले आफ्नो जीवनमा औसत ४.७ बच्चालाई जन्म दिएका थिए तर पछिल्लो वर्ष यो प्रजनन दर कम भएर २.४ भएको छ । यदि कुनै पनि देशमा प्रजनन दर २.१ भन्दा कम आउँछ भने त्यहाँको जनसंख्या संकुचन हुन सुरु हुन्छ । विशेषगरी ती देशमा जहाँ बाल मृत्युदर बढी हुन्छ ।

जब १९५० मा यो अध्ययन सुरु भएको थियो तब यस श्रेणीमा कुनै पनि देश थिएनन् । यूनिभर्सिटी अफ वासिङटनमा इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्याल्युएशनका निर्देशक प्राध्यापक क्रिस्टफर मुरैले भने, ‘हामी त्यो स्थितिमा पुगिसकेका छौं जब प्रजनन दर रिप्लेसमेन्ट लेभलभन्दा तल छ । यसकारण यदि केही गरिएन भने ती देशमा जनसंख्या कमी हुनेछ । यो ठूलो परिवर्तन हो ।’ एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !