१४ बैशाख २०८१, शुक्रबार

कागती-पानीवाट हुने समस्या


leman

बिहानै खाली पेटमा कागती पानी पिउनुका अनेक फाइदा छन् । तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाई सचेत रहनु होला । कागती पानी खानुका फाइदा सगैँ बेफाइदा पनि थुप्रै छन् । कागती-पानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्य सम्बन्धी समस्याहरूलार्इ झन् जटिल बनाउन सक्छ ।

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन :

  • कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन्छ ।
  • पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।
  • जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेललार्इ नष्ट हुन गर्इ दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ ।
  • पिसावसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ । कागती पानी पिउनाले बारम्बार पिसाव लाग्ने हुँदा त्यस्तो समस्यालार्इ झन् प्रभावित गराउँछ ।
  • कागती पानीले कफ र पित्त बढाउँछ । यदि व्यक्तिलार्इ कफ एवं पित्तको कुनै समस्या भए यस्तो पानीले अझ समस्या जटिल बनाउँछ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

कागती पानी पिउनुको फाइदाहरु

कागतीका चामत्कारिक फाइदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !