७ बैशाख २०८१, शुक्रबार

कागती पानी पिउनुको फाइदाहरु


leman

कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ । कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्यावाट बच्न पनि योगदान गर्छ ।

मधुमेह रोगीले समेत यस भिटामिनवाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

कागती पानी पिउनुको फाइदाहरु

१. भिटामिन ‘सी’ अधिक भएकाले कागतीवाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
२. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारवीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
३. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।
४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरवाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
५. कागती पानीले पाचनमा सहयोग पुग्छ ।
६. कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।
७. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
८. रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।
९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
१०. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
११. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
१३. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !