१४ बैशाख २०८१, शुक्रबार

जाडो मौसममा हुने स्वास्थ्य समस्या र जोगिने उपाय


Winter

जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यस्ता समस्याहरूबाट जोगिने उपायमा ध्यान दिनु आवश्यक छ । जाडो मौसममा हुने मुख्य ४ स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यस्ता छन् ।

  • दम
    जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुन्छ । चिसो हावा, धूलो धूवाा आदिका कारण श्वासप्रश्वासमा समस्या पैदा हुन्छ । छिटै चिसो लाग्ने र अन्य संक्रमणले समेत सताउने जोखिम हुन्छ । त्यसैले यस्ता रोगीहरूले विशेष ख्याल गर्नुपर्ने हुन्छ । घरबाट बाहिर निस्किादा न्यानो कपडा लगाएर तथा टाउको र कान समेत छोपेर हिाड्नुपर्छ । घरबाट बाहिर अनावश्यक रूपमा धेरै समय खुल्ला ठाउामा बस्नुहुादैन । साथै घरमा कोठाभित्र बस्दा भेन्टिलेसन राम्रो भएको कोठामा बस्ने र धूवाा भएको ठाउामा नबस्ने ।
  • जोर्नी दुख्ने
    जोर्नी दुख्ने समस्याले उठबस तथा हिाडडुल गर्नमै कठिनाइ उत्पन्न हुन्छ । पाको उमेरका मानिसलाई यो समस्याले बढी सताउने भए पनि कहिलेकाहीा बच्चाबच्ची तथा युवाहरूमा पनि समस्या उत्पन्न हुनसक्छ । बाथका रोगीलाई चिसो मौसममा निकै गाह्रो हुन्छ । त्यसैले चिसो मौसममा जिउलाई न्यानो पारी राख्ने, रातको समयमा सुत्दा समेत बाक्लो कपडा ओढ्ने, शरीरलाई सक्रिय राखिराख्ने, पर्याप्त तातो झोलिलो खानेकुरा खाने तथा भिटामिन सी तथा डीयुक्त खानेकुरा पर्याप्त खाने गर्नुपर्छ ।
  • पिनास, रुघाखोकी
    नाकभित्रको साइनस तन्तुमा भाइरसको आक्रमणका कारण सुन्निादा पिनासको समस्या उत्पन्न हुन्छ । यसले गर्दा नाकबाट श्वास फेर्न गाह्रो हुन्छ, टाउको दुख्दछ । समयमै उपचार भएन भने संक्रमणको समस्या नाकसँगै मस्तिष्क, आाखा तथा घााटीसम्म पुग्दछ । त्यसैले पिनासको समस्या देखिनासाथ डाक्टरलाई जाचाइहाल्नुपर्छ । नाक तातो राख्ने, चिसो खानेकुरा नखाने, मास्क लगाएर हिाड्ने गर्दा फाइदा हुन्छ ।
  • एलर्जी
    जाडोको समयमा एलर्जीको समस्या निकै धेरै हुन्छ । एलर्जीका कारण रुघा, खोकी, घााटी दुख्ने, सुन्निने जस्ता समस्या पैदा हुन्छन् । यसको मुख्य कारण रोगप्रतिरोधी प्रणाली नै हो भने कतिपय अवस्थामा भने यो सधैंभरि देखापर्दछ । यस्तो एलर्जीको समस्या हुनेले पनि तत्कालै डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ र आफूलाई एलर्जी गराउने चिजबाट टाढै रहनुपर्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !