२३ बैशाख २०८१, आइतबार

घाममा बस्दा हुने स्वास्थ्य लाभ


gham

जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ । आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी खान बाध्य छन् । घामको प्रकाश स्वास्थ्यका लागि नभई नहुने तत्व हो । किनकी यसले मुड फ्रेस गर्छ, मेटाबोलिजम शसक्त बनाउँछ र स्वास्यसम्बन्धी अन्य समस्याबाट जोगाउँछ । सूर्यको प्रकाशमा एक्सपोज हुनुका फाईदा यस्ता छन्ः

  • रक्तचाप घटाउँछ

युनिर्भसिटी अफ इडनबर्गका अनुसन्धानकर्ताहरुका अनुसार नाईट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्छ । सूर्यको प्रकाश छालामा पर्ने वित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्काशन हुन्छ । तसर्थ बिहानको वा अन्य समयको घाममा बस्दा रक्तचापका बिरामीका लागि फाइदा हुन्छ ।

  • प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न भिडामिन डीको सर्वोपरी महत्व हुन्छ । भिडामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ । घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ ।

  • हड्डी बलियो बनाउँछ

सूर्यको प्रकाशले ताप दिदा भिटामिन डी ३ बन्छ । भिडामिन डीले शरीरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ । भीटामिन डी र हड्डीको बृद्धि तथा बिकासबीच प्रत्यक्ष सम्बन्ध रहेको नयाँ अध्ययनहरुले देखाएका छन् । शरीरमा उच्च मात्रामा डी भएमा जोर्नीको दुखाई कम गर्ने र हातखुट्टा वा शरीरका अन्य अंग भाँचिने खतरा कम हुन्छ ।

  • छालालाई फाइदा गर्छ

सूर्यको प्रकाशले शरीरको छालालाई पनि फाइदा गर्छ । निरन्तर घाममा बस्दा छालाजन्य विभिन्न रोग र संक्रमण लाग्दैन । श्वासप्रश्वाससँग सम्बन्धित रोगको सम्भावना घटाउँछ । भिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ । अमेरिकाको युनिर्भसिट अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले बृद्धबृद्धामा संक्रमणबिरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

  • डिप्रेसनबाट जोगाउँछ

सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ । नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बचाउछ । घामले शरीरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !