४ जेष्ठ २०८१, शुक्रबार

के हो युरिक एसिड ?


युरिक एसिड

युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एक किसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिड (RNA, DNA) बाट युरिक एसिड बन्छ । हाम्रो शरीरमा युरिक एसिड उत्पादन भई रहेको हुन्छ ।

सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिगौलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारणले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ । सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा ७ मिलिग्राम भन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिने गरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार राजा-महाराजाको रोग पनि भनिने यो रोग जोर्नी दुखाई हुने सबैभन्दा पीडादायक रोग हो ।

रगतमा युरिक एसिडको मात्रा बढी भएपनि धेरै जसो विरामीहरुमा भने कुनै लक्षण नदेखिन सक्दछ । उच्च युरिक एसिडका करिब ८०-९०% जति बिरामीमा कुने लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ । तर करिब १०-२०% मा भने युरिक एसिड जोर्नीमा जम्न पुग्दछ र गाउट भनिने विशेष प्रकारको बाथ गराउँदछ । गाउट अर्थात युरिक एसिडको बाथ धेरै मानिसहरुमा हुने बाथ रोग हो । पश्चिमी देशको तथ्याङ्कको आधारमा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिला जनसंख्याको २% लाई जीवनको कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरै जसो गोडाको बुढीऔला, गोलिगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने र सुन्निने गराउँदछ । रोग छिप्पिदै गएपछि भने घडा तथा हातका अरु जोर्निहरूमा पनि असर पर्न सक्छ । गाउटको आक्रमण प्रायजसो उच्च प्यूरिनयक्त खाना भाजे (बियर, रातो मासु भित्रयांस, पश्रस्त गडेागडुी) खाएको केही घण्टापछि मध्य रातमा एक्कासि शुरु हुन्छ ।

कसैसकैमा भने यो जोर्नीमा चोटपटक लागेपछि वा अन्य कुनै रोगको निम्ति अस्पतालमा भर्ना भएको बेलामा देखिन्छ । सामान्यतया गाउटको सुजन एक पटकमा एक हप्ता जति रहन्छ, जुन नदुख्ने औषधीको सेवनबाट वा कहिले काँही आफै पनि कम भएर जान्छ । केही महिना वा वर्षपछि भने रोग पुनः बल्झिएर आउँछ र पछि गएर सधै भरि दुख्ने तथा सुन्निने भैरहन्छ । उच्च रक्तचापको उपचारमा प्रयोग हुने पिसाब लगाउने औषधी (थाएजाइड) को प्रयोगले पनि कसैकसैमा युरिक एसिडको समस्या निम्त्याउन सक्दछ । त्यस्तै उच्च युरिक एसिडको एउटा कारक तत्व बंशाणुगत प्रभाव पनि भएकोले यो रोग एउटै बंशका धेरै जनामा (जस्तैः हजुरबुबा, बुबा, छोरा) आदिमा देखिन सक्दछ ।

यो पनि पढ्नुहोस् 

युरिक एसिडको रोकथाम गर्ने तरिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !