२३ बैशाख २०८१, आइतबार

किन दुख्छ खाना खाने बित्तिकै पेट ?


gyastrik

केही मानिसलाई खाना खानेबित्तिकै नराम्रोसँग पेट दुख्छ । खाना नखाए नि नहुने खाँदा नि पेट दुख्ने । यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ । त्यसैले खाना खाने बित्तिकै पेट के कारणले दुख्छ भन्ने कुरा जानियो भने त्यसको समाधान पनि सजिलो हुन्छ । खाना सम्बन्धी एलर्जी, संक्रमण, अल्सर लगायत पेटसम्बन्धी रोगका कारण खाना खाएपछि पेट दुःख्ने गर्छ । ग्यास्ट्रिक र अल्सरका समस्या हुने मानिसलाई पनि खानेबित्तिकै पेट दुःख्छ ।

प्रोटिन र कार्बोहाइड्रेड पचाउन मुस्किलः कसैकसैको शरीरले चामल, गहुँ, कोदो, जौ लगायतका कार्बोहाइड्रेड र प्रोटिनयुक्त खानेकुरा सहन सक्दैन । तर, यी खानेकुराले पेटमा क्षणिक पीडा गराउँछ । खाएको एक डेढ घन्टापछि आफैँ निको हुन्छ । खानेकुरा खाएपछि पेट दुख्नुको अतिरिक्त पखला, कब्जियत, बान्ता जस्ता समस्या देखिन सक्छ । त्यस्तै कसैलाई डेरीजन्य खानेकुरा खाएपछि पेट दुःख्छ । दूध, चीज, दही वा आइसक्रिम खाँदा आन्द्राले पचाउन सक्दैन । दूधमा पाइने ल्याक्टोले पनि पेट दुख्ने, बान्ता आउने र पखला लाग्ने हुन सक्छ । शरीरले यस्ता खानेकुरा रुचाउँदैन भने त्यसको विकल्पका खानेकुरा खानुपर्छ ।

  • फुड एलर्जी

केही खानेकुराले पेटमा एलर्जी गराउँछ र पेट दुख्छ । खानेकुरा खाएपछि आँखा रातो हुने, सास फेर्न कठिन हुने, जिब्रो, ओठ र घाँटी सुनिने, रक्तचाप घट्ने, कमजोर महसुस हुने, छाती दुख्ने जस्ता समस्या फुड एलर्जीका लक्षण हुन् । बदाम, दूध, माछा, गहुँको परिकार लगायतले फुड एलर्जी गराउँछ ।

  • फुड पोइजनिङ

संक्रमित र ब्याक्टेरियायुक्त खानाले फुड पोइजनिङ हुन्छ । पेट दुख्ने, बान्ता आउने, पखला लाग्ने, डिहाइड्रेसन र ज्वरो फुड पोइजनिङका लक्षण हुन् । काँचो वा राम्रोसँग नपाकेको खानेकुरा वा संक्रमित पानीले फुड पोइजनिङ गराउँछ । दही, मासु, काँचो सब्जी, फलफूल, जुस र निर्मलीकरण नगरेको दूधमा इकोली ब्याक्टेरिया हुन्छ जसले नराम्रोसँग पेट दुख्छ ।

  • अल्सर

पेटको अल्सरका कारण पनि खानेबित्तिकै पेट दुख्छ । यो दुखाई लामो समयसम्म रहन सक्छ । अल्सर हुँदा आन्द्रा सुनिने र गाँठो पर्ने गर्छ । जब, खानेकुराले आन्द्रालाई दबाब दिन्छ, स्वत पेट दुख्छ । एच पोलोरी ब्याक्टेरिया, सुर्ती सेवन, अत्यधिक मदिरा सेवन, कब्जियत आदिका कारण अल्सर हुने गर्छ ।

  • ग्यास्ट्रिक

ग्यास्ट्रिकको समस्या हुने मानिसलाई खानेबित्तिकै पेट दुख्छ । विशेषगरी तल्लो छाती र माथिल्लो पेटमा दुख्छ । चिल्लोयुक्त खानेकुरा खाँदा बढी पीडा हुन्छ । पेट र भोजन नलीलाई जोड्ने भल्भ कमजोर हुँदा ग्यास्ट्रिक हुन्छ । भल्म कमजोर हुँदा खानेकुरा र पेटको एसिड माथि धकेलिने हुनाले छातीमा पीडा हुनुका साथै अमिलो पानी मुखबाट आउँछ ।

  • इरिटेबल बाउल सिन्ड्रोम (आइबिएस)

आइबिएस हुँदा पेट अस्वभाविक रुपमा दुख्ने गर्छ । चिल्लो खानेकुरा र भोजनमा फाइबरको अभाव हुँदा यस्तो समस्या आउँछ । कफी र कृत्रिम गुलियोले पनि यो समस्या बढाउँछ । धेरै खानेकुरा खाँदा पनि यो समस्या देखिन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !