१४ बैशाख २०८१, शुक्रबार

मेवाको बिउ सेवनका यस्ता छन् फाइदा   


ba-3

मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज डिसीनेपाल तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाईदाहरुका बारेमा जानकारी गराउँदै छ ।

मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु:

किटाणु नासक

मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन ।

क्यान्सर

मेवाको बिउ सेवन गर्नाले शरीरमा कयान्सरको कोशिका र ट्यूमर बिकसित हुनपाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।

किड्नी सम्बन्धी समस्याहरु

पाकिस्तानको कराँची विश्वविध्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नी जन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ । अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ । तपाईं पनि मेवा तथा मेवाको बिउ प्रयोग गरेर स्वस्थ जीवन व्यतित गर्नुहोस् भन्ने हाम्रो कामना ।

कलेजो सम्बन्धी रोगमा

मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५-६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् । अव यो धुलोलाई कागतीको रस सहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिना सम्म सेवन गर्नुहोस् । सिरोसिस रोग आपसेआप निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुनपाउँदैन ।

शरीर सुनिएको निको हुन्छ

आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ ।

फर्टिलिटी (प्रजनन)

अनुसन्धानले के देखाएको छ भने मेवाको बिउ सेवन गर्नाले शरीरमा कुनै पनि असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जनकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । अनुसन्धानले समेत देखाई सकेको छ मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्य छ  ।

यो पनि पढ्नुहोस् :

चमत्कारी औषधिको लागि साङ्ला उत्पादन गर्दै यो देश !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !