८ बैशाख २०८१, शनिबार

दाँतलाई चम्काउन यी घरेलु प्रयोग गर्नुहोस्


teeth1

दाँतले मानिसलाई सुन्दरता मात्रै दिएको छैन शरीर स्वस्थ राख्नको लागि महत्त्वपूर्ण अंग पनि हो । दाँतको नियमित हेरचाह नगर्ने हो भने हाम्रो दाँतले धेरै समस्या उत्पन्न गर्ने गर्दछ । दाँतमा बिशेषगरी पहेंलो हुने समस्या देखिनुका साथै मुख गनाउने समस्या उत्पन्न हुन्छ । चुरोटको सेबन गर्नाले पनि दाँत पहेंलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दाँत पहेंलो हुन्छ ।

दाँतलाई स्वस्थ राख्नको लागि निम्न उपायहरु छन् :

  • हाम्रो गाउघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २/४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेंलोपन हटेर जान्छ ।
  • केरालाई पिसेर यसको पेष्ट बनाउनुहोस् । यसको पेष्टले दाँतलाई दिनहुँ एक मिनेट मसाज गर्नुहोस । मसाजपछि दाँत ब्रश गर्नुहोस र यो उपाय दिनहु गर्नाले दाँतको पहेंलोपन हटेर जान्छ ।
  • तुलसीमा दाँतको पहेंलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेंलोपन हटेर केहि दिनमै चमक आउन थाल्छ ।
  • कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्नुहोस् । यसो गर्दा दाँतको पहेंलोपन त हट्छ नै सास गनाउने समस्या हटेर जान्छ ।
  • सुन्तलाको बोक्रा र तुलसीको पातलार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमका कारण दाँत चम्किलो हुन्छ ।
  • खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसंग सफा गर्न मद्त गर्दछ ।
  • नीमको उपयोग धेरै पहिले देखी नै दाँतको सफाई गर्न गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको हुन्छ । दिनहुँ नीमको काठ, निमको सानो हाँगाले दाँत सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेंलो भएको भए पनि हट्छ ।
  • स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने एसिडले दाँतलाई सेतो र चम्किलो बनाउंछ ।

यो पनि पढ्नुहोस् :

स्मरणशक्तिलाई सँधैका लागी फुर्तिलो बनाउन खानुहोस् यी चिज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !