१४ बैशाख २०८१, शुक्रबार

डा भोला रिजाललाई बीबीसीमा जब आफ्नै अस्पतालको शौचालय सफा गर्न नसक्ने भनियो …


bhola rijal

डा भोला रिजालको नेतृत्वमा बुधवार डा गोविन्द केसीको विरुद्धमा प्रदर्शन भयो । डा केसीसँग भएको सम्झौता खारेज गर्नुपर्ने माग मात्रै थिएन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पक्षमा नाराबाजी भएको थियो ।

यही सन्दर्भमा बीबीसीले उनीसँग अन्तर्वार्ता गर्यो जहाँ उनले आफ्नो हर्कतको बचाउ गर्ने कोशिश गरे । तर, बीबीसीकी संवाददाता रमा पराजुलीले आफैं बिरामी परेर उनले खोलेको ओम अस्पताल पुगेको र अस्पतालको शौचालय फोहोर रहेको प्रसंग उप्काइन् । त्यसपछि भने उनको हस्पिटलमा उपचार गर्ने आउनेमाथि दोष थोपरे । उक्त हस्पिटलमा आउने बिरामीलाई ट्वाइलेट नै प्रयोग गर्न नआउनेसम्म भन्न भ्याए ।

तर, फोहोर रहेको कुराको उनले बचाउ गर्न सकेनन् र स्वीकारे । त्यसपछि पत्रकारलाई यसैगरी समस्या औंल्यादिन भने ।

आफूले सञ्चालन गरेको अस्पताल फोहोर छ कि सफा छ भन्ने पनि पत्रकारले औंल्याइदिनु पर्ने उनको तर्क सुन्नेलाई असहज महशुस गराउने खालको थियो ।

यसैगरी उनले अन्र्तवार्ता भरि निजी मेडिकल कलेजले ६० लाख रुपैयाँ भन्दा बढी शुल्क असुल्न पाउने दाबी गरिरहे । भारतमा ६० लाख भारु रहेको, अमेरिकामा २ सय हजार डलर रहेको प्रसंग ल्याए । बीबीसीको प्रतिप्रश्न थियो– तपाईं ५०–६० लाख रुपैयाँ खर्च गरेर पढ्ने डाक्टरलाई मासिक कति तलब दिनुहुन्छ ?

उनी यसबाट भाग्न खोजे । त्यतातिर नजाउँ भने । चिकित्सा शिक्षा पढेर पैसा कमाउन खोज्नेले पढ्न हुँदैन सम्म भने । जब यत्रो खर्च गरेर डाक्टर बनेकालाई डा रिजालले काममा राख्दा २५–३० हजार रुपैयाँ मात्रै तलब दिने गरेको बताइयो । उनले काम गरेर पैसा कमाउन मेडिकल क्षेत्रमा आउन नहुने तर्क गरिरहे । उनले ६० लाख शुल्क लिँदा घरखेत बेचेर पढ्नुपर्छ । यत्रो खर्च गरेपछि काम गर्ने ठाउँमा उचित तलब नपाए कसरी काम गर्ने ? भन्ने प्रश्नको उनले उत्तर दिएनन् ।

यति मात्रै होइन, उनले अहिलेको आन्दोलन अबुझताको कारणले भएकोसम्म भन्न भ्याए । उसो त डा केसी र उनका समर्थकलाई बाँदरको संज्ञा दिँदै भने– बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्कालाई पनि बनाउँन दिँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !