२० बैशाख २०८१, बिहिबार

प्रेसर लो भएको व्यक्तिले ध्यानदिनु पर्ने कुराहरु


presure

रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पु¥याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छः

  • नुनपानी खाने
    नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।
  • कफी
    ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधँै प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।
  • किसमिस
    प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ ।
  • तुलसी
    तुलसीमा भिटामिन–सी, पोटासियम, म्याग्नेसियमजस्ता तŒव पाइन्छन् । प्रेसर लो भएमा १०–१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ ।
  • कागती पानी
    कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !