२१ बैशाख २०८१, शुक्रबार

शिशुको खानपानसम्बन्धी महत्वपूर्ण कुरा


Baby with food

शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ । तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ । खानपानको सामान्य चिजले पनि बच्चालाई हानी पु¥याउन सक्छ । तिन वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले उसको पूरा जीवन र बानीमा सिधा असर पर्छ । आखिर ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?

  • जन्मको पहिलो छ महिनासम्म शिशुलाई आमाको दूध अर्थात् स्तनपानमात्र गराउनुपर्छ ।
    २. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिनुपर्छ, केही समयपछि सानो ग्लासमा दिन सकिन्छ ।
  • ध्यान दिनुहोस्, बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध या पानी नदिनुस् ।
  • छ महिनापछि बिस्तारै सामान्य चिजहरुलाई आहारमा सामेल गर्न सकिन्छ ।
  • घरमै तयार पारिएको दाल, जाउलो अलि–अलि दिन सकिन्छ ।
  • छैटौं महिनामा केरालाई दूधमा दिन सकिन्छ । बिस्तारै स्याउ, मेवा, आँपजस्ता फलफूल बच्चाको आहारमा सामेल गर्नुपर्छ ।
  • सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ ।
  • नौ महिनाका बच्चालाई गाई या भैंसीको दूध गिलासमा दिन सकिन्छ । तर के ध्यान दिनुपर्छ भने बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यतिबेलासम्म निरन्तर खुवाईरहनुपर्छ ।
  • एक वर्षपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।
  • बच्चालाई सानै उमेरमा जंकफुड खुवाउनुहुन्न । सानै उमेरमा जंकफुड खुवाए पछि त्यो लत बन्न सक्छ र स्वास्थ्यमा असर पर्छ ।-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

हाम्रो शरीरलाई न्यानो राख्ने मसला

दूधसँग खान नहुने कुरा

चामलका फाइदाहरु

तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदा

कागतीका चामत्कारिक फाइदा

पुदीनाका फाइदा

दुधमा बेसार मीसाएर खाँदाको फाइदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !