२० बैशाख २०८१, बिहिबार

अण्डा खानुका फाइदा


anda

अन्डा प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ । अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान रुचाउँछन् । अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ । अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् ।

अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ । अन्डाले कस्ता-कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ ।

चिनिरोग(मधुमेह)
अन्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रसस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ । प्रोटिनले इन्सुलिन हर्मोनलाई कम गर्न सहयोग गर्ने भएकाले दिनमा एउटा अन्डा खानु चिनिरोगीका लागि राम्रो मानिन्छ । धेरै मानिसलाई अन्डाको पहेँलो भाग खाने कि नखाने भन्ने कुराले अन्यौलमा पारेको हुन्छ । तर, साधारणतया अन्डाको पहेँलो भागले कोलेस्टेरोल नबडाउने विभिन्न अनुसन्धानले देखाएको छ ।

कलेजो रोग
अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।

शल्यक्रिया अघि र पछि
कुनै पनि शल्यक्रिया गर्नुभन्दा अघि बिरामीको शरीरमा आवश्यक मात्रामा प्रोटिन हुन जरुरी छ । प्रोटिन नपुगेर कुपोषित अवस्थामा शल्यक्रिया गरेमा धेरै समस्या आउन सक्छ । शल्यक्रिया सफल भए पनि पोषण नपुगेको अवस्थामा बिरामीको ज्यानै जान सक्छ । त्यसैले शल्यक्रिया गरेपछि पनि प्रसस्त मात्रामा प्रोटिनयुक्त खाना खाएर स्वस्थ हुनु जरुरी छ । तसर्थ शल्यक्रिया गर्न लगेका र शल्यक्रिया गरिसकेका बिरामीले प्रोटिनको आवश्यकता पूरा गर्न एउटा सन्तुलित भोजनसँगै दिनमा चारदेखि पाँच अन्डा खानु उपयुक्त हुन्छ ।

अन्डा खानुका अन्य फाइदा:

१. गर्भवती अवस्थामा अन्डा खाँदा बच्चाको शारीरिक विकाशका साथै मानसिक विकाशमा सहयोग पुग्छ ।
२. अन्डामा पाइने फोलिक एसिड र कोलिनले बच्चाको मस्तिष्क विकासमा मद्दत गर्छ ।
३. अन्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले उमेर बढ्दै जाँदा गुम्ने आँखाको शक्तिलाई बचाउन सहायता गर्छ ।
४. अन्डाको उचित मात्रामा सेवान गर्नाले मोटोपनालाई कम गर्न सकिन्छ । किनकि, मोटोपना धेरै रोगको कारण हो ।
५. अन्डामा पाइने भिटामिन तथा खनिज तत्वहरुले हाम्रो छालालाई कसिलो तथा चम्किलो बनाउने काम गर्छ ।

६. अन्डाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।

७. अन्डामा पाइने भिटामिन डी तथा फस्फोरसले हड्डी र दाँतलाई मज्बुत बनाउन मद्दत गर्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !