१४ बैशाख २०८१, शुक्रबार

गोलभेडा खाँदाको फाइदाहरु


tomato

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

१. मुटुरोग नियन्त्रण गर्छ
बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ ।

२. भिटामिन र खनिज पदार्थ प्रसस्त
गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।

३. चुरोटखाँदा हुने असर कम गराउछ 
गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ ।

४. पाचनशक्ति बढाउछ
गोलभेडाको नियमीत सेवनले शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्धत गर्छ ।

५. पत्थरी हुनबाट जोगाउछ
नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ ।

६. कपाल राम्रो बनाउछ
गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।

७. छाला स्वस्थ्य राख्छ
गोलभेडाको जुस खाँदा छाला चम्कीलो हुन्छ । साथै छालाको कोषहरुलाई विग्रनबाट जोगाउछ ।

८.हड्डी बलियो हुन्छ
गोलभेडामा हुने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउन मद्धत गर्छ ।

९. रगत जम्नबाट जोगाउछ
रगतमा पाइने प्लेटलेट्स कोषहरु एक ठाउमा जम्मा भएर नशामा रगत जम्न गई रगत प्रवाहमा अवरोध उत्पन्न हुन सक्छ । गोलभेडा प्रसस्त मात्रामा पाइने फाइटो न्युट्रियन्ट्सले यस्तो सम्भावना कम गराउछ ।

१०. क्यान्सरको सम्भावना कम हुन्छ
हरेक ८ मध्ये १ व्यक्तिलाई प्रोष्टेड क्यान्सर हुने सम्भावना हुन्छ । गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउनेकाम गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !