१५ बैशाख २०८१, शनिबार

सन्तुलित खाना बनाउने तरिकाहरु


ricevv

हाम्रो शरीरलाई विभिन्न खालको पौष्टिक तत्वको आवश्यकता पर्ने गर्छ । हाम्रो शरीरलाई चाहिने सबै खालको पौष्टिक तत्व पाइने खानालाई सन्तुलित खाना भनिन्छ । सन्तुलित खानाले हामीलाई स्वास्थ्य राख्न मद्धत गर्छ । हामीले खाने खानालाई हामीले कसरी सन्तुलित खाना बनाउने भन्ने कुराको ज्ञान हामीलाई हुनुपर्छ ।
सन्तुलित खाना बनाउने तरिकाहरु यस प्रकार छन्:

१. खानामा चिल्लो पदार्थ कम मात्रामा प्रयोग गर्ने । घिउको सट्टामा सुद्ध तोरीको तेल प्रयोग गर्दा निकै फाइदा हुन्छ ।
२. बिहान बेलुकाको खानामा हरियो सागपात हुनु जरुरी हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र मिनेरल्स पाइन्छ ।
३. खानामा नुन थपेर खाने बानी गर्न हुदैन ।
४. दैनिक एकपल्ट फलफुल खाने गर्नुपर्छ ।
५. बेलुकीको खानामा रोटी खाने गर्नुपर्छ । बेलुकी खाना खाइ सक्ने बित्तिकै सुत्न हुदैन ।
६. माछामासु विहान र दिउसोको खानामा मात्र प्रयोग गर्नु राम्रो । बेलुकी माछा मासु नखानु नै स्वास्थ्यका लागि लाभदायक छ ।
७. उच्च फाइबर युक्त खानाले मुटुलाई फाईदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहु, गेडागुडी, हरियो सागपातहरु नै हुन ।
८. स्वस्थ्य मुटुका लागि खाना थोरैथोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने गरेमा यसले मुटुलाई असर गर्छ ।
९. बेलुकीको खानामा दैनिक एक पोटी काचो लसुन खादा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाउछ साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पनि पार्दछ ।(हाम्रो स्वास्थ्यको सहयोग)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !