२३ बैशाख २०८१, आइतबार

एलोपेथिक औषधि र यसको प्रयोगबारे रोचक जानकारी


एण्टिबायोटिक औषधि

काठमाडौँ । आजकाल बजारमा प्रशस्त एलोपेथिक एण्टिबायोटिक औषधिले बजार ओगटेको छ । यस्ता औषधिको प्रयोगबारे राम्रो जानकारी नागरिकले पाउन सके राम्रो हुने देखिन्छ ।

आजकाल डाक्टरको पुर्जा विना यस्ता औषधि धेरै प्रयोगमा आउने गरेका छन् । यस्ता औषधि के-कस्ता रोगमा प्रयोग गर्ने भन्ने जानकारी प्राप्त हुन सके अनावश्यक प्रयोग हुनबाट रोक्न सकिन्छ । एण्टिबायोटिक औषधि भाइरसले गराउने समस्या जस्तै: रूघा, फ्लु जस्ता रोगमा काम नगर्ने हुन्छ ।

यस्ता औषधि डाक्टरको पुर्जाबाट मात्र बेच्ने गर्नुपर्छ र मात्र यसको महत्व बढ्न थाल्नेछ । लामो समय औषधिमा काम गरेकाले अनुभवको आधारमा दिँदा हुन्छ तर स्वास्थ्य कानुनले समूह निर्धारण गरेको हुनाले ड्रग कानुनको पालना गर्ने गरौं भन्ने हाम्रो मान्यता छ ।

एण्टिबायोटिक औषधि

१. एजिथ्रोमाइसिन टेब्लेटको बारेमा छोटो जानकारी

Azithromycin 500 mg को Tablet हरेक मेडिसिन स्टोरमा उपलब्ध हुन सक्ने औषधि भित्र पर्दछ । यो औषधि डाक्टरको प्रिस्क्रिपसनको आधारमा बेच्नु वा दिनु भनेको छ ।

यो औषधि खासगरी कानको संक्रमण, टॉन्सिल, निमोनियाको उपचारमा बढि प्रयोग हुने गरेको पाइन्छ । यस्ता औषधि प्रयोग आफुखुसी नगरी डाक्टरको निगरानीमा गराउँदा राम्रो हुने बताइएको छ ।

२. डक्सिसाइक्लिन क्याप्सुलबारे छोटो जानकारी

Doxycycline is a broad-spectrum antibiotic औषधि हो । यो tetracycline class भित्र पर्दछ । ब्याक्टेरिया रोगको संक्रमणमा यसलाई प्रयोग गर्न सकिन्छ ।

विषेशगरी bacterial pneumonia, acne, chlamydia infection आदिमा निर्धक्कसँग चलाउन सकिन्छ । अन्य समस्या जस्तै Lyme disease, cholera, typhus and syphilis जस्ता रोगमा पनि यो औषधिले राम्रो काम गर्छ । यो औषधि पनि डाक्टरको पुर्जाको आधारमा वेच्ने वा दिने गर्नुपर्छ ।

३. एमोक्सिक्लेभान ६७५ एम.जीको बारेमा छोटो चर्चा

यो औषधि पनि खराब bacteria लाई मार्न प्रयोग हुने गरेको हुन्छ । विषेश गरेर साइनोसाइटिस, निमोनिया, कानको इन्फेक्सन, ब्रोनकाईटिस र पिसावको इन्फेक्सनमा राम्रो फाइदा गर्दछ ।

आजकाल धेरै प्रयोगमा यो औषधि आउने गरेको छ । कतिपय अवस्थामा यस्ता औषधि चलाउदा साइडइफेक्ट बढि हुने र औषधि सेवन रोक्दा आफै हराएर जाने गुण यो औषधिमा देखिएको छ ।

नोट : यो औषधि डाक्टरको प्रिस्क्रिपसनमा नै बेच्नु राम्रो हुन्छ।

४. सिफेक्सिम एण्टिबायोटिक औषधिको बारेमा छोटो जानकारी

Cefixime 200mg को टेव्लेट ले ब्याक्टेरियल इन्फेक्सनमा राम्रो फाइदा गर्दछ । तर colds, flu, or other virus infection मा भने यसले काम गर्दैन ।

यो cephalosporin antibiotics अन्तर्गत पर्दछ । यस्ता औषधि सेवन गराउदा bacterial नभएर virus infection भए यसले फाइदा होइन बेफाइदा गर्न सक्छ ।

५. एमोक्सिसिलिन एउटा ब्याक्टेरियासंग लड़ने एन्टीबायोटिक हो ।

एमोक्सिसिलिनको उपयोग ब्याक्टेरियाको संक्रमण, टन्सिलाइटिस, ब्रोंकाइटिस, निमोनिया र नाक,कान, गला, छालाको संक्रमणको उपचारमा प्रयोग गर्ने गरिन्छ ।

हेलिकोबैक्टर पाइलोरी संक्रमणको कारण हुने पेटको अल्सरको उपचारमा अमोक्सिसिलिनको उपयोग कहिलेकाहीँ अन्य एन्टीबायोटिकको साथ गरेको पाइन्छ । एमोक्सिसिलिनसंग कोलिथ्रोमाइसिन मिलाएर दिने चलन छ । यस्ता औषधि १४ दिनसम्म दिनाले अल्सरमा राम्रो फाइदा देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !