२२ बैशाख २०८१, शनिबार

मानिसलाई रोग लाग्नुको मुख्य कारण के हो ?


गलत खानपान

काठमाडौँ । रोग लाग्नुको पछि मानिसको खानपानको लापरबाही पक्का छ किनभने हामीले स्वादमा भर पर्छौ के खाने, के नखानेमा होइन । यदि हामीले स्वास्थ्यलाई ख्याल गर्न सके कुनैपनि प्रकारको रोग लाग्ने सम्भावना कम हुन थाल्छ ।

आज जतिपनि रोग लागेको छ, सवै खानपिनको लापरबाहीका कारणले गर्दा लागेको छ । पार्टी जोसुकैको किन नहोस् त्यहाँ रक्सी पक्कै हुन्छ । एउटा आम नागरिक भन्दा पढे-लेखेको मान्छे बढी रोगी भएको हामी देख्न सक्छौं ।

विज्ञानले दिएका सवै कृतिम वस्तुको खपत बढी हुनाले नै मानिस रोगको दलदलमा फस्दैछ । विषादी खाना बढि प्रयोग हुँदैछ । प्रकृतिले दिएको पानी होस् वा सागसब्जी, फलफूल हामीले कम खाने गरेका छौं । जति-जति हामी खानामा मिसावट हुँदैछ त्यही अनुपातमा रोग पनि बढ्दैछ ।

पारासिटामोल नै हामीले लामो समय सेवन गर्छौ भने मृगौला बिग्रन सक्छ । रक्सी खाने व्यक्तिले मेट्रोनाइडाजोल सेवन गर्छ भने उसलाई पेटको क्यान्सर पक्का हुन थाल्दछ । पानी सेवन नगर्ने हर्डड्रिङ्क बढी गर्नेलाई र बढी औषधि सेवन गर्ने मान्छेको मृगौला बिग्रन सक्छ ।

रोग लाग्ने होइन हामीले ल्याउने हो । समयमा रोगको उपचार नभए क्रोनिक हुनसक्छ । प्रकृतिको नियमअनुसार सफाइमा रहने व्यायम गर्ने । खानुभन्दा २ घण्टा पहिले पानी पिउने मरमसला कमसे कम खाने मासाहारीको तुलनामा शाकाहारी बढी गर्नसके कुनैपनि रोग लाग्ने सम्भावना रहदैन ।

आज हामी रोगको उपचार प्राकृतिक जडिबुटीबाट गराउन सके करोडौं रुपैंया बाहिर जानबाट रोकिन सक्छ । नागरिक स्वस्थ भए देश स्वस्थ हुन सक्छ । जनतालाई रोग नलागे अनावश्यक पैसा औषधिको लागि बाहिर जानबाट रोकिनेछ ।

कोरोना भाइरसबारे चर्चा गरौं । आज नेपालमा जति क्षति हुनुपर्ने हो त्यति क्षति भएको छैन । प्रकृतिले नेपाललाई सतर्क र संचेत हुने मौका दिएको छ । यस्तो बेलामा पनि हामीले हेलचेक्य्राइँ गर्‍यौँ भने हामीलाई बर्बादीबाट कसैले जोगाउन सक्ने छैन।

संसारमा कयौँ सबल र सफल देश छन्, जहाँ केही कुराको कमी छैन । झन् स्वास्थ्य क्षेत्रको त कुरै नगरौँ । हाम्रो देश भन्दा कयौँ गुणामाथि छ, उनीहरूको स्वास्थ्य प्रणाली । आज तिनै देशका नागरिक विश्वव्यापी महामारीको मारमा परेका छन् ।

उनीहरूको पैसा, चरम विकास र शक्ति पनि निरीह बनेको छ । यदि हामी नेपालीले बेलैमा बुद्धि नपुर्‍याउने हो र सचेत नहुने हो भने यसको परिणाम कस्तो होला ? सोच्न पनि सकिन्न । त्यसको ज्वलन्त उदाहरण इटाली, स्पेन, अमेरिकालाई लिन सकिन्छ । मृत्युको भय कस्तो हुन्छ भन्ने महसुस अमेरिकाले गरिरहेको छ भने इटाली आफ्ना नागरिकको लाशैलाश देख्न बाध्य भएको छ ।

उनीहरूसँग स्रोत र साधनको कमी भएर हो त ? पक्कै पनि होइन । बेला-बेलामा देखापर्ने यस्ता विश्वव्यापी महामारीले गरिब, धनी भनेर छुट्याउँदैन । त्यसैले हामी सतर्क रहनुपर्छ, सरसफाईमा ध्यान दिन र रोगको दलदलबाट आफुलाई र अरूलाई बचाउने काममा जुट्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !