२० बैशाख २०८१, बिहिबार

आज विश्व रेविज डे मनाइँदै


विश्व रेविज डे

काठमाडौँ । आज विश्व रेविज डे मनाइँदै छ । हरेक घरमा कुकुर बिरालो जस्ता जनावर पाल्ने फेसन बनिसकेको छ । यदि कसैलाई यस्ता पशुले टोक्छ भने भ्याक्सिन अनिवार्य लगाउने गर्नुहोस् । यस्ता पशुको संख्यामा आय दिन बृद्धि हुनु चिन्ताको बिषय हो ।

आजको दिनलाई World Rabies Day 2023 को रूपमा मनाउन लागिएको हो । यो दिनले हामीलाई रेविजको खोप लगाउने कुरा सम्झाउने गरेको हुन्छ ।रेविज एक प्रकारको भाइरल जूनोटिक डिजिज हो, जसमा कुकुर, बिरालो र बाँदर लगायत जंगली जनावरले टोकेमा रेविज रोग लाग्ने गरेको हुन्छ ।

मानवलाई रेविज रोगबाट बचाउने अभियानको रूपमा हामीले यो दिवस मनाउदै आएका छौं । विश्वमा पहिलोपल्ट यो दिवस २००७ देखि सुरु भएको थियो अर्को रोचक जानकारी यो दिनलाई किन रेविज डे मनाईएको हुनसक्छ भन्ने जिज्ञाषा जाग्न सक्छ ।

आजैको दिनलाई सेलिब्रेटी मनाउनुको उद्धेश्य रेविजको भ्याक्सिन बनाउने फ्रेंच केमिस्ट माइक्रोबायोलॉजिस्ट लुई पाश्चरको स्वर्गारोहण २८ सेप्टेम्बर १८९५ मा भएको थियो । उनैले १८८५ मा रेविजको भ्याक्सिनको खोज गरेका थिए त्यही सम्झनामा आजको दिनलाई World Babies Day मनाउदै आएको देखिन्छ ।

के हो रेविज रोग ?

रेविज लागेको कुकुर,बाँदर, बिरालोको शरीरमा लाइसा भाइरस हुन्छ । यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा र्यालको माध्वेयमबाट मान्छेमा सर्ने गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरिरमा फैलिएर रेविजका लक्षणहरु देखिन थाल्छन् ।

रेविज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिबिधी गर्ने जस्ता लक्षण देखिन्छन् । यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँदैन तर कुकुरले टोक्ने बित्तिकै रेविज बिरुद्धको खोप लगाएमा भने रेविज लाग्दैन ।

कुकुर, बिरालो, बाँदर जस्ता पशु पाल्नेले अनिवार्य रेविज भ्याक्सिन आफ्नो पशुलाई लगाई दिएको हुनुपर्छ । आजकाल यस्ता पशु पाल्ने फेसन नै बनिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !