२२ बैशाख २०८१, शनिबार

एण्टिबायोटिक औषधिको बारेमा छोटो उपयोगी जानकारी


एण्टिबायोटिक औषधि

काठमाडौँ । एकदिन तपाईं हामी सवै वातावरणमा भएका ब्याक्टेरिया वा फंगल इन्फेक्शनको कारणले गर्दा रूघाखोकी, घाँटीको इन्फेक्शन, निमोनिया र पेट सम्बन्धित थुप्रै बिमारीको चपेटामा पुग्दछौं ।

हुनत: डाक्टरले यस्ता विरामीको लागि सामान्य औषधि दिने गरेका हुन्छन तर सामान्य औषधिले काम गर्न नसकेको खण्डमा त्यस्ता रोगको ज्वरो भन्नाले ब्याक्टेरियाको विकास रोक्न प्रयोग गरिने औषधि एण्टिबायोटिक वा एण्टि ब्याक्टेरियल मेडिसिन दिइएको हुन्छ ।

जसको प्रयोगले विभिन्न प्रकारको ब्याक्टेरियाको उपचारमा राम्रो भूमिका खेलेको देखिन्छ । एण्टिबायोटिक औषधिको गलत प्रयोगको कारणले आज मानीसहरूलाई एण्टिबायोटिकको रेजिस्टेण्ड हुँदै गएको देखिन थालेको छ वा काम गर्न सकेको छैन ।

रोगको सहि डायग्नोसिस नगरी दिएको एण्टिबायोटिक औषधिले कालान्तरमा शरीरमा असर देखाउने एण्टि ब्याक्टेरियामा एण्टि ब्याक्टेरियल औषधिले काम गर्न छोड्दछ ।

यस्ता रोगहरू दिनप्रतिदिन बढ्दै गएको देखिन थालेको छ । यस्ता रोगको लागि ब्याक्टेरियल संक्रमणको केसमा सहि औषधिको अभाव हुनाले स्वास्थ्यमा गम्भीर खतरा बढ्दै गएको छ ।

आज नेपालमा जथाभावी एण्टिबायोटिक औषधिको प्रयोगमा सरकारले रोक लगाउन थाल्नुले भविष्यमा झन् ठूलो समस्या आइलाग्ने त होइन भन्ने खतरा बढेको छ ।

हाम्रो भन्नुको अभिप्राय यो होकी कुनैपनि कामको सुरु गर्दा सहि तरिकाले प्रयोग गर्छ भने खासै असर नहुने तर लापरबाही तरिकाले प्रयोग गर्छ भने एण्टिबायोटिक औषधि मात्र होइन अरू औषधिले पनि नोक्सान गर्न सक्छ भन्ने हाम्रो ठहर छ ।

सवै प्रकारका रोगमा एण्टिबायोटिक औषधि आवश्यक नहुन सक्छ जस्तै भाइरल फिवर, रूघाखोकीमा मह, तुलसी पात, अदुवा,ज्वानोले समेत निको हुन सक्छ ।

आज मानिस बनि बनाएको औषधि नै प्रयोग गर्ने बानीको कारण दैनिक आफ्नो स्वास्थ्यलाई समेत जोखिममा पार्दै गएको छ । हाम्रो गाउँघरमा सानातिना रोगको उपचार घरेलु जडिबुटीबाट गर्नसके यस्ता घतरनाक समुहका औषधिको प्रयोग क्रमश: घटाउदै जानसके ठूलो उपल्धि हुने हाम्रो ठहर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !