२० बैशाख २०८१, बिहिबार

ढाड दुख्ने समस्याको प्रमुख कारण र उपचार


ढाड दुख्ने समस्या

काठमाडौँ । ढाड किन दुख्छ र यस्को समाधान के हुन सक्छ भन्ने जिज्ञासा जाग्नु स्वाभाविक हुन सक्छ । ढाढ वृद्ध र अधवैंसे उमेर समुहका व्यक्तिलाई बढी दुख्ने समस्यामध्ये एक हो ।

आजको लेखमा यसका समाधान र उपचारबारे छोटो जानकारी पस्कने छौं । यो भन्दा पहिले यसका कारणबारे प्रकाश पारौं । ढाड दुख्ने मुख्य कारण हड्डी खिइने क्यालसियमको कमि आदि कारणले यो समस्या देखिने हुन्छ । यसको उपचार समयमा नगर्दा यसले जटिल समस्या निम्ताउन सक्छ ।

मेरुदण्डको हड्डीभित्र मुख्य नशा, त्यस वरपर हुने लिगामेन्ट तथा दुई हड्डी बीचमा नरम मासु जसलाई डिक्स भनिन्छ । मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागेपनि ढाड दुख्ने समस्या हुन सक्छ ।

आजकाल एक्स रे तथा, एमआरआई सिटीस्क्यान गरेर ढाड दुखेको कारण पत्ता लगाउने गरेको हुन्छ । तर कहिलेकाहीँ औषधी खाँदा, विभिन्न टेष्ट गरेर हेर्दासमेत रोग पत्ता लगाउन सकिदैंन ।

सुताई नमिल्दा, पल्टिएर लामो समय कम्प्युटर मोबाइल चलाउने, गह्रौँ सामान उठाउने, निहुरिएर काम गर्नेमा यस्तो समस्या बढी हुन्छ । नेपाली समाजमा यसलाई ‘सडकेको मर्केको पनि भनिन्छ ।

रोग चाहे जस्तोसुकै किन नहोस् यसको कारण पत्ता लगाएर समयमा उपचार गर्न सके यसबाट चाँडो छुटकारा मिल्ने हुन्छ । कतिपय अवस्थामा राम्रो औषधि हुँदा पनि रोग निको नभएर झारफुकबाट पनि निको हुने गरेका घटना हामी देख्न सक्छौं ।

ढाड दुख्छ भने कहिलेकाँही थेरापी गर्नाले पनि यो समस्या हल हुन सक्छ, आराम गर्ने, दुखेको ठाउँमा आइस प्याक राख्ने यसले पनि दुखाइ कम हुन्छ ।

मेरुदण्डमा दुई किसिमको दुखाइ हुन्छ १. एक्युट पेन २. क्रोनिक पेन ।

एक्युट पेन केही महिनापछि आफैँ सन्चो हुन्छ । क्रोनिक पेन तीन महिनाभन्दा बढी समय लाग्न सक्छ । यो दुखाइ अलि कठिन हुन सक्छ ।

यस्ता कडा खालको दुखाई पित्तथैलीमा पथरी हुँदा पनि दुख्न सक्छ । भिडियो एक्सरे गरेर हेर्ने र डाक्टरको निगरानीमा उपचार गराउदा राम्रो हुन सक्छ ।यस्ता रोगको उपचार होम्योपैथी र आयुर्वेदबाट पनि निको हुन सक्छ ।

यस्तो समस्या देखिएमा डाक्टरको निगरानीमा उपचार गराइ हाल्नुपर्छ । कहिलेकाहिँ हाम्रो शरीरमा भिटामिन डि र क्यालसियम चेक गराएर हेर्दा यसको कमि भएमा डाक्टरको निगरानीमा भिटामिन डि ५०० एमजीको औषधि दैनिक र भिटामिन डि ६० के हप्तामा एकपटक दुईतीन महिना दिनाले ढाड दुख्ने समस्या हल हुन सक्छ ।

ढाड दुख्ने समस्याको होम्योपैथी र आयुर्वेद उपचार यस्तो छ ।

१. स्पाँन्डी एड ड्रोप्स १० देखि १५ थोपा औषधि थोरै मनतातो पानीसँग दिनमा ३ पटक वा ४ पटकसम्म ठिक नहुँदासम्म खाने ।

नोट : यो होम्योपैथीक औषधि हो

२. रूमोक्सिल गोल्ड क्याप्सुल १ दिनमा ३ पटक ३ महिना खानुस् ठिक हुन्छ । यो आयुर्वेद औषधि हो आयुर्वेद औषधालयमा पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !