२० बैशाख २०८१, बिहिबार

लज्जावती झारको प्रयोगबारे रोचक जानकारी


लज्जावती झार

काठमाडौँ । लाज मान्नु पनि हद हुन्छ ठ्याक्कै लज्जावती झार जस्तै भन्ने उखान यदाकदा सुनिन्छ । लज्जावती झार तराई भेगमा प्रशस्त पाइने जडिबुटी अन्तर्गत पर्छ ।

हरेक बुटिले आफ्नो गुण कहि न कहि देखाएको हुन्छ । आज मैले लज्जावती झारको विषयमा पाठकलाई जानकारी पस्कन गई रहेको छु । लज्जावती झारलाई अंग्रेजीमा (Touch me not ) भन्दछन् ।

हरेक आयुर्वेदिक ग्रन्थमा यसको भिन्नभिन्न प्रयोगबारे लेखेको पाइन्छ तर मैले आज यसको बारेमा आफ्नो अनुसन्धान यहाँ पस्कन गई रहेको छु । विगत लामो समयदेखि मैले यो औषधि प्रयोगमा ल्याइरहेको छु ।

यो जडिबुटीलाई विषेश गरी अनुपान भेद अनुसार निम्न रोगमा प्रयोग गर्न सकिन्छ । जस्तै : अपचमा, मधुमेहमा, जण्डिसमा, पिसाब धेरै हुने भएमा, स्वप्न दोषमा, विर्य स्तम्भ गर्नु परेमा, रक्त अतिसार (रगतमासी ) मा, प्लेग रोगमा यो जडिबुटीको प्रयोग भएको छ ।

लज्जावती झारको प्रयोग यसरी गरौं

१. रगतमासीमा

यसको जरालाई थिचेको रस १० ग्राम जती पानीमा पकाउने थोरै सुकेपछी कपडाले छानेर पिउन दिने रगत मासि ठिक हुन्छ ।

२. विर्य स्तम्भ

सेक्स पिरियडमा यसको जरा मुखमा राखेर रस चुस्ने गरेमा उपरोक्त फाइदा हुन्छ भनेको छ तर हामीले प्रयोग गरेका छैनौं ।

३. पिसाब बढी हुने समस्यामा

यो जडिबुटीको पात पिसेर लुगदि बनाएर नाइटो तल लगाउनाले यो समस्या हल हुन्छ ।

४. जण्डिसमा

यसको पात थिचेर रसलाई कपडछान गरि दिनमा २ पटक खान दिएमा जण्डिस ठिक हुन्छ । यो निएम केहि दिन गर्नुपर्छ ।

५. पायल्स रोगमा

यो रोगमा जरा र पात ल्याएर थिच्ने र यसको पाउडर बनाएर एक चमचको मात्रामा केहि दिन खानाले यो रोग निको हुन्छ ।

६. स्वप्न दोषमा

आइतबार मंगलबार या शनिबार यो बुटि ल्याएर धुपाएर कम्मरमा बाध्नु ठिक हुन्छ ।

७. मधुमेह (सुगर रोग)

यो रोगमा यसको जरा थिचेर १०० एम.एल जति रस दिनमा २ पटक दिनाले यो रोग निको हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !