२० बैशाख २०८१, बिहिबार

स्वास्थ्यको लागि बाँसको तामा खानुका फाइदाहरु


बाँसको तामा

नवलपुर । स्वास्थ्यका दृष्टिकोणले तामा बहुउपयोगी मानिन्छ । यसले कतिपय अवस्थामा बेफाइदा पनि गर्न सक्छ । सवै तरकारीको गुण र अवगुण हुन्छ यो बुझ्न जरुरी छ । अमिलो बनाएको तामाको सेवन बढी गर्नाले ग्यास्ट्राइटिसको समस्या निम्ताउन सक्छ ।

हामीले सेवन गर्ने हरेक परिकार स्वस्थकर छ वा छैन यस बारेमा जानकारी प्राप्त गर्नसके यसबाट हामीले थुप्रै फाइदा लिन सक्नेछौं । हाम्रो मुखलाई अमिलो गुलियो चट्ट लाग्ने खालको परिकार चाहिन्छ ।

तामाको अचार होस् वा यसबाट बन्ने अन्य परिकार किन नहोस् निकै स्वादिलो हुने हुनाले नेपालीको भान्सामा प्राय: तामाको परिकार हुने गरेको पाइन्छ । आजको लेखमा हामीले तामाको फाइदा बेफाइदाबारे प्रकाश पार्नेछौं ।

तामाको तरकारी सेवन गर्दै हुनुहुन्छ भने धेरै राम्रो फाइदा उठाउन सकिनेछ । बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बी, भिटामिन बी६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता थुप्रै तत्वहरू यसमा पाइन सक्छ ।

मानव स्वास्थ्यमा यस्ता भिटामिन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको हुन्छ । हामीले यस्ता भिटामिन महँगो मुल्य तिरेर सेवन गर्ने गरेका हुन्छौं । यदि हामीले यस्ता खाद्य तरकारीबाट प्राप्त गर्न सक्छौं भने ठूलो उपलब्धि हासिल गर्ने छौं ।

स्वास्थ्यमा कस्तो तरकारी सेवन गर्ने भन्ने जानकारी सवैलाई हुन आवश्यक छ । तामाको तरकारीबाट स्वास्थ्यलाई खासै नोक्सान नगरेतापनि यसबाट बनाएको अचार कम खानु स्वास्थ्यका लागि राम्रो हुने चिकित्सकको राय छ ।

आजकाल तामाको तरकारी भन्दा अचार बढी प्रयोग हुने गरेको हामी पाउँछौं । यसबाट ग्यास्ट्रिक अल्सरसम्म हुन सक्ने भनिएको छ । यसबाट फाइदा उठाउन सक्नुहुन्छ । तामालाई तरकारीको रूपमा प्रयोग गर्दा स्वास्थ्यमा त्यति असर नहुने देखिएको छ ।

बाँसको टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ ।

गाउँ-गाउँमा तामा, आलु र बोडीको झोलले धेरैको जिब्रो लोभ्याउँने गरेको हुन्छब । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ ।

औषधिको रूपमा यसको प्रयोग

बाँसको तामामा औषधिय गुण हुन्छ । यो कुरा अधिकांशलाई थाहा नहुन सक्छ । यसलाई औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ । लगभग २ हजार बर्षदेखि पारम्परिक चिकित्सामा औषधिय सामाग्रीको रुपमा प्रयोग गरिदै आएको हामी पाउँछौ ।

तिब्बती चिकित्सा पद्धति यसलाई ‘तबाशीर’ वा ‘तवाशीर’ भन्दछन् । भारतिय पारम्परिक चिकित्सा पद्धतिमा बाँसमा पाइने प्राकृतिक क्याल्सियमलाई ‘वंशलोचन’ भन्ने गरिन्छ । बाँसमा युटरोटोनिक नामको तत्व पाइन्छ, जो गर्भाशयको संकुचन बढाउन उपयोगी हुन्छ ।

गर्भावस्थामा यस्ता बस्तुको सेवन गराउँदा गर्भपतन हुन सक्ने खतरा हुने हुनाले तामाको प्रयोग गर्भवती महिलाको हकमा उचित छैन् । तामा सेवन गर्दा यो कुरामा विशेष सतर्कता अपनाउनु होला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !