२० बैशाख २०८१, बिहिबार

गर्मीको असर, निम्तिने रोग र बच्ने उपाय


गर्मीको असर

सन् २०१८ मा अहिले जस्तै गर्मी थियो । यो वर्ष पनि गर्मी अझ बढ्ने अनुमान गरिएको छ । यसरी गर्मी बढ्दै जाने हो भने जीवन जीउन समेत गार्हो हुने देखिन्छ । यस विषयमा सरकारले ध्यान दिनुपर्ने हुन्छ ।

गर्मीको असरले के के हुन सक्छ ?

३० भन्दा माथिको गर्मीको असरले औषधि समेत खराब हुनसक्छ । हिउँ पग्लिएर नदी बन्न सक्छ । अत्यधिक गर्मीका कारण पानी वाफमा बदल्ने हुन्छ ।

यसले गर्दा रासायनिक परिवर्तन गराउन थाल्दछ । यसको असरले नयाँ पदार्थ बन्न गई शरीरमा समेत प्रभाव पार्ने खतरा बढेको हुन्छ । गर्मीको मारले मानसिक स्वास्थ्यमा समेत असर हुन थाल्ने देखिन्छ ।

गर्मीका कारण आगलागी हिउँ पग्लेर बाढी पहिरो जस्तो अवस्था निम्तिने खतरा हुनसक्छ । गर्मीले स्वास्थ्यमा समेत ठूलो प्रभाव पारेको हुन्छ । गरीवको लागि गर्मी ठिक भएपनि यसले स्वास्थ्यमा प्रभाव पार्ने गरेको हुन्छ ।

गर्मीले निम्तिने रोगहरु

१. शरिर चिलाउने घमरा देखिन सक्छ

गर्मी याममा घमरा हुने, शरीर चिलाउने जस्ता समस्या देखिन सक्छ ।

२. हीट स्ट्रोक हुन सक्छ

तापमान बढ्नाले हिट स्ट्रोकको खतरा बढ्न सक्छ । शरिरबाट अत्यधिक पसिना बग्नाले शरिरमा पानीको कमी हुन सक्छ । चक्कर लाग्ने बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।

गर्मीबाट कसरी बच्ने ?

पानी प्रसस्त पिउने सितल छहारीमा बस्ने गर्मीबाट जतिसक्दो आफुलाई बचाउने गरेमा यसबाट हुनसक्ने खतरा टल्ने हुनसक्छ । गर्मीबाट आउनासाथ एसी रूममा नबस्नु ठिक मानिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !