१४ बैशाख २०८१, शुक्रबार

जलनको उपचार र रोकथाममा लाग्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन


मोहनबहादुर बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल सहित मन्त्रालय अन्तरगत महाशाखाका अधिकारी पनि सहभागी थिए ।

छलफलमा जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, किर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरुले जलन उपचारको वर्तमान अस्वस्था, चुनौति र अवको बाटो सन्दर्भमा छलफल गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले उपत्यकाका ६ वटै जलनको उपचार हुने अस्पतालहरुलाई समुन्वयात्मक रुपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरि सम्पर्क व्यक्ति तोक्ने, ती अस्पतालहरुले उपत्यका बाहिरका संघिय र प्रादेशिक अस्पतालहरुलाई उपचारमा सहजिकरण गर्ने गरि अस्पताल तोक्ने र ती अस्पतालहरुको नेटवर्किङ गरि तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजिकरण गर्ने गरि टेलिमेडिसिन सेवा मार्फत एकिकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नु पर्ने बताए ।

मन्त्री बस्नेतले विज्ञहरुबाट प्राप्त सुझाव कार्यन्वयनमा नेतृत्वदायी र सकारात्मक भूमिका खेल्ने बताए । उनले मन्त्रालयले सकेसम्म जलन उपचार व्यवस्थापनमा सहजिकरण गर्ने आश्वासन दिदै थौरै समयमा धेरै नतिजा निकाल्ने गरि जलनको उपचार र रोकथाममा काम गर्न सबै अस्पताल र विज्ञहरुलाई निर्देशन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !