१९ बैशाख २०८१, बुधबार

नाडी ज्ञान रोगको पहिचान गर्ने महत्वपूर्ण पूर्वीय पद्धति


नाडी ज्ञान

नवलपुर । एकपटक एकजना व्यक्तिले सानो बच्चा लिएर डाक्टरको क्लिनिकमा पुगेछन् । डाक्टरको गलामा स्टेथेस्कोप भिरेका रहेछन् तर बच्चाको नाडी हेरेर औषधि लेखेछन् यो देखेपछि उनलाई हजम भएनछ ।

सर मेरो बच्चालाई चेक जाँच नै नगरी औषधि लेखिदिनुभयो भनेछन् । हजुर भन्दै लेखेको कागज टेबुलमा राखेर रगत चेक गराउन पर्चि लेखेर दिएछन् ।

करिब एक घण्टा कुरेर चेक गरेर ओपीडी पुगेपछि त्यहीँ पहिले लेखेको कागज थमाउदै भने यो काम मैले तपाईँको बच्चाको हाउभाउबाटै रोग पत्ता लगाइ सकेको थिए चेक गर्न भन्नुभयो र मात्र गरेको भन्दै २०० मा भइसकेको काम २५०० फिजुल गर्च गरेर गएछन् । एउटा अनुभव प्राप्त व्यक्तिको कामको मुल्यांकन र विश्वास गर्न सिक्नुहोस् ।

वास्तवमा त्यो बच्चाको समस्या नर्मल नै थियो तर आधुनिक युगका शिक्षित व्यक्तिका कारण सानो खर्चमा हुने काम ठुलो खर्चमा हुन पुगेको थियो । नेपालमा अनुभवी व्यक्तिको त्यति कदर भएजस्तो मलाई लाग्दैन ।

नाडी ज्ञान जस्तो ठूलो ज्ञान अर्को के हुन सक्छ । नाडीको माध्यमबाट ठूला ठूला रोगको पूर्वसुचना पाउन सकिन्छ । मृत्युपूर्व उसको नाडीमा हुने परिवर्तनले उ कहिले मर्न सक्छ र यसलाई उपचार आवश्यक छ वा छैन भन्ने जानकारी समेत दिन सक्छ ।

आयुर्वेदमा नाडीको ज्ञान महत्वपूर्ण मानिन्छ । आजकाल पश्चिमी सभ्यताले नाडी हेर्ने प्रचलन समाप्त हुँदै छ । भारतीय आयुर्विज्ञानले नाडी ज्ञानको महत्वलाई विषेश जोड दिएको छ । आयुष विभागमा सवै आयुर्वेद डाक्टरलाई नाडी ज्ञानको आवश्यक हुनुपर्छ भनेको छ ।

हिजो हाम्रो बुबाले आफ्नो नाडी हेरेर भन्नुहुन्थ्यो बाबु मेरो नाडी काटेको छ । मेरो आयु छोटो छ अब म ४/५ दिन बाच्छु भन्नुभयो हामीले मजाक सम्झेका थियौं तर सत्य सावित भएको थियो । नाडी ज्ञानको भण्डार हुनुहुन्थ्यो ।

मलाई पनि नाडीको ज्ञान राम्रो छ । हरेक आयुर्वेद औषधि दिदा नाडीको माध्यमबाट चेकजाँच गरेर औषधि दिने बानी बसाल्नुपर्छ । समय परिवर्तन भइसकेको छ । यो समयमा आयुर्वेदको विकास अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !