८ बैशाख २०८१, शनिबार

ब्लड सुगर रोकथाममा एक डाक्टरले गरेको सफल अनुभव


नवलपुर । लामो अनुसन्धानपछि एउटा कुरा पत्ता लागेको छ त्यो हो व्यायाम र सहि खानपान । सहि खानपान र व्यायामद्वारा ब्लड सुगरको रोकथाम हुने रहेछ । व्यायाम कस्तो खालको गर्ने खाना कस्तो खाने भन्ने जिज्ञाशा कतिपयलाई हुन सक्छ । यसबारेमा बिस्तारै बताउदै जाने छौं । मान्छे अल्छी हुनुको परिणामस्वरूप पाएको ब्लड सुगर भन्दा खासै फरक नहोला ।

चाहे ब्लडप्रेसर होस् वा ब्लड सुगर किन नहोस् यो सवै आराम गर्नुको परिणाम हो । मधुमेह, जसले अहिले धेरैलाई भयभित बनाइरहेको छ । मधुमेह आफैमा यस्तो समस्या हो, जसले शरीरमा अन्य समस्याहरु पैदा गरिदिन्छ । तथ्यांकले भन्छ, पछिल्लो समय मधुमेहको रोगी बढ्दैछ ।

मधुमेह भन्नसाथ आजकाल बुढापाकाको रोग भनिन्थ्यो । तर, अब यो अतितको कुरा भएको छ । वर्तमानमा यसले युवा, किशोर र बालबालिकालाई समेत सताउन थालेको छ । यसको खास कारण बनेको छ हाम्रै आफ्नै जीवनशैली । आजकाल हामी नत व्यायाम गर्न सक्छौ नत खेतमा गएर हलो कोदालो नै गर्छौं ।

जति-जति आराम परस्त हुदैछौं त्यति-त्यति नै बोसो बढ्दै छ । जति-जति बोसो बढ्दै छ त्यही अनुपातमा विविध रोग लाग्ने गरेको हामी देख्न सकिन्छ । रोग कम गर्नेको अनुपातमा भन्दा नगर्नेहरुलाई बढी पाइने गरेको एक अध्ययनले देखाएको छ । व्यायाम रोग नियन्त्रणको सुत्र हो भन्ने कुरा हामीले पशुबाट पनि सिक्न सकिन्छ ।

आजको लेखमा केही व्यायामका दृश्य र सुगरको रोगमा के कस्ता खानाले किड्नी ड्यामेज हुनबाट रोक्न सकिन्छ भन्ने जानकारी दिन आवश्यक महसुस भयो । एक जना ब्लडप्रेसर र सुगरको रोगी जसले सुरुदेखि एलोपेथिक सुगरको औषधि र ब्लड प्रेसरको औषधि नै सेवन गर्दै आउनुभएको थियो । कालान्तरमा उहाँलाई किड्नी ड्यामेज भयो र उहाँले आज किड्नी ट्रान्सप्लान्ट गर्ने अवस्थासम्म पुग्नुभयो ।

अर्का रोगीले औषधि सेवन गर्दागर्दै उहाँको एस क्रेटनाईन २ पुगेछ । उहाँलाई डायलासिस गर्ने सल्लाह दिइन्छ । यसरी जीवनभर रोगको दलदलमा नै फस्दै जाने हो भने औषधि सेवन गर्नुको अर्थ के हुन सक्छ । म स्वयं सुगरको रोगबाट पिडित थिए आज मलाई सुगर छैन । तर यसको रहस्य हरेकले जान्न जरूरी छ ।

म सुगरको औषधि सेवन बन्द गरेको छु । आधा घण्टा म नित्य व्यायाम गर्दछु । म खाना हाप खाने गर्दछु । म रोटी खाँदा ३ किलो जौंको पिठो, १ किलो गहुँको पिठो र १/२ किलो मुंगको बेसन राखेर बनाइएको पिठोको रोटी कम्तीमा ३ वटा साँझ खाने गर्दछु । विहान सवैले खाने राईस नै तर आधा मात्र खाने गर्दछु ।

खानाभन्दा अगाडि व्यायाम गरिसकेपछि २ गिलास पानी र थोरै हाडे बदाम खाने गर्दछु । मौसम अनुसारको फूल जस्तै तरबुजा, खरबुजा, सुन्तला,अनार दाना, अंगुर सवै थोरै थोरै लिने गर्दछु । औषधि म आयुर्वेदबाटै सेवन गर्ने गर्दछु । आधा केजी कालो जीरा,आधा केजी मेथीको दाना, आधा केजी ज्वानो सवैलाई राम्रोसँग सफा गरेर तावामा भुटेर पिस्ने र सिसाको भाडामा राखेर एक चम्चा दैनिक साँझ सेवन गर्ने गर्दछु ।

टाइममा सुत्ने टाइममा उठ्ने व्यायाम गर्ने मेरो बानी सुगरको रोग लागे देखि बनेको छ । म सवै एलोपेथिकका औषधि बन्द गरेर हेरेको पहिले तलमाथि हुने भएपनि अहिले सवै नर्मल देखिन्छ । यो लेख लेख्नुको अभिप्राय मेरो यो हो कि यसले सुगरको रोगमा नयाँ क्रान्ति आवस र हरेक नेपाली स्वस्थ रहुन भन्ने रहेको छ ।

तल केही थप जानकारी सुगरको बारेमा प्राप्त गरौं । जुन कुरा समस्या बन्छ, सामधान पनि त्यही खोज्ने हो । जस्तो कि, मधुमेहको समस्या खराब जीवनशैलीबाट भएको छ । त्यसैले जीवनशैलीमा सुधार गर्नु नै यसको जोखिमबाट बच्नु हो । तर, मधुमेहले गाँजिसकेको छ भने के गर्ने ? यसको पनि उपाय छ ।

१. व्यायाम दैनिकीको हिस्सा बनाउने

व्यायाम गर्नाले शरीरमा रक्तप्रवाह राम्रो हुन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ । नियमित व्यायामको नतिजा, उच्च मेटाबोलिज्म र मधुमेहको कम खतरा हुन्छ ।

२. गुलियो सेवन वन्द गर्ने

तपाईं मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने चिनी, सख्खर र चिनीयुक्त कोल्ड डि्रङ्क्स आदि बन्द गर्नुहोस् । यसले रगतमा चिनीको स्तर बिल्कुल नियन्त्रणमा राख्छ । धेरै गुलियो चीज र पेय पदार्थहरुको सेवनले इन्सुलिनको लेभललाई बढाउँछ ।

३. फाइबरलाई हरेक छाकमा सामेल गर्ने

रगतमा सुगरलाई सोस्न फाइबरको महत्वपूर्ण योगदान हुन्छ । यसैले तपाईंले खानामा गँहु, ब्राउन राइस आदि खानुपर्छ जसले शरीरमा ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ र यसबाट मधुमेहको जोखिम कम हुन्छ ।

४. ताजा फलफूल र सब्जी आफ्नो मेनुमा राख्ने

फलफूलमा प्राकृतिक चिनीको मिश्रण हुन्छ र यसले शरीरलाई हरेक किसिमको पोषण दिन्छ । ताजा फलफूलमा भिटामिन ए र सी हुन्छ जसले रगत र हड्डीलाई सही राख्छ । यसबाहेक जिंक, पोटासियम, आइरन पनि राम्रो मात्रामा पाइन्छ ।

५. साग सब्जीलाई विषेश महत्व दिने यसले सुगर बढ्नबाट रोक्न समेत मद्दत गर्दछ

पालुंगो, बन्दा, करेला, लौका आदि तरकारीहरु पनि मधुमेहका बिरामीको लागि स्वास्थ्यबर्द्धक हुन्छ । यस्ता हरिया सब्जीहरुमा कम क्यालोरी हुन्छ भने भिटामिन सी, बेटा क्यारोटिन र म्याग्नेसियम जस्ता पदार्थ धेरै हुन्छ जसले मधुमेह ठिक हुन्छ ।

माथि उल्लेखित बुँदाहरूमा यदि सवैको ध्यान केन्द्रित हुन्छ भने सायद मलाई लाग्छ सुगरको कुनै अस्तित्व नै समाप्त हुने छ । तीन करोड नेपाली यो दलदलबाट उम्कने निश्चित छ । यसो भनिरहँदा कतिपयलाई विश्वास लाग्ला नलाग्ला जानकारी दिनु हाम्रो कर्तव्य हुन आउँछ ।

डा. राम बहादुर बोहरा योगा डा. राम बहादुर बोहरा योगा डा. राम बहादुर बोहरा योगा डा. राम बहादुर बोहरा योगा डा. राम बहादुर बोहरा योगा डा. राम बहादुर बोहरा योगा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !