११ जेष्ठ २०८१, शुक्रबार

महिला चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी


डा. पुकारचन्द्र श्रेष्ठ

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी परेको छ । आफ्नै सहकर्मी महिला चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा डा. श्रेष्ठविरुद्ध उजुरी परेको हो ।

ती महिला चिकित्सकले अस्पतालको कामकाजका क्रममा पटक-पटक दुर्व्यवहार गरेको भन्दै नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा गरी चारवटा निकायमा गाली बेइज्जती र दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी हुन् ।

ती महिला चिकित्सकले श्रेष्ठले आफूलाई देख्दा उत्तेजित हुनेसम्मको शब्दको प्रयोग गरी मानमर्दन गर्ने गरेको, चरित्रहत्या गर्ने किसिमको व्यवहार गरेको, शल्यक्रिया गरिरहँदा शल्यक्रिया कक्षबाट विनाकारण आफ्नो कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाई अपमानित गरेर हतोत्साहित गरी निकालेको आरोप लगाएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !