२१ बैशाख २०८१, शुक्रबार

महिलाहरुले गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु


गर्भवती

गर्भावस्था भनेको एकदमै महिलाहरुको लागि संवेदनशील अवस्था हो । गर्भावस्थाको पहिलो तीन महिना गर्भवती महिलाले विशेष रुपमा आफ्नो हेरचाह गर्नुपर्छ । यो समयमा गर्भपातको सम्भावना अधिक हुने हुनाले गर्भवती महिलाले धेरै आराम गर्नुपर्दछ । यो समय शरीरमा धेरै परिवर्तन हुने हुँदा गर्भवती महिलाहरुको लागि कठिन हुन्छ । उमेर नपुग्दै गर्भधारण गरे बेथा लामो हुने, बच्चा जन्माउन गाह्रो हुने, बच्चा पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ । पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने सानो सूतक हुने, महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या देखा पर्न सक्दछ ।

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु

१. माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्दछ ।
२. काँचो मासु तथा काँचो अण्डा खानु पनि हानिकारक हुनसक्छ ।
३. पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ ।
४. भिडियो एक्सरे गर्नु पर्दछ ।
५. गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका सङ्केत जस्तो तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने लगायतका समस्या देखा पर्न सक्छन् ।
६. गर्भ रहेको बेला ओरल सेक्सबाट बच्नुपर्छ। यो प्रक्रियामा पार्टनरको मुखबाट हावा भर्जाइनासम्म पुग्ने सम्भावना रहन्छ, जसका कारण युट्रसको मुख ब्लक हुने सम्भावना हुन्छ र शिशुको श्वास-प्रश्वास प्रक्रियामा कठिनाइ उत्पन्न हुनसक्छ ।
७. सेकेन्ड ट्रामेस्टरसम्म आइपुग्दा भ्रुणको आकार बढ्छ। अतः संभोग गर्दा कण्डम प्रयोग गर्नुपर्छ । यसवाट इन्फेक्सनको खतरा कम हुन्छ ।
८. गर्भ रहेको समयमा सीधा सुतेर वा मेन अन टप पोजिसनभन्दा साइड पोजिसन, स्पुन स्टाइलमा संभोग गर्नु उचित हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !