१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ बच्चाहरूमा निमोनिया बढी देखिनुको कारण


बच्चाहरूमा निमोनिया

निमोनिया बालबालिकाको मृत्युको प्रमुख कारण भन्दा खासै फरक छैन । यसले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँदछ । नेपालमा पनि वर्षेनी करिब ३५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।

निमोनिया फोक्सोमा हुने संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने गर्छ । यसका कारण बच्चाले छिटो–छिटो सास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई शरीरबाट बाहिर निष्कासन गर्छ ।

निमोनिया विश्वमै बालमृत्युको प्रमुख कारण हो । तर, निमोनियाबाट बालबालिका लागि सुरक्षित राख्न सकिन्छ । यो रोकथाम गर्न सकिने रोग हो र रोग लागेपछि पनि सस्तो र सरल प्रविधिबाट यसको उपचार गर्न सकिन्छ ।

यस्ता छन् निमोनिया हुनुका प्रमुख कारणहरु

१. स्टेप्टोकोकस निमोनिया– प्रमुख कारण

२. इमोफिलस इन्फ्लुएन्जा– बी दोस्रो कारण

३. श्वासनलीमा लाग्ने अन्य जीवाणु, कीटाणु र विषाणुहरू

४. एचआइभी संक्रमित अवस्थामा न्युमोसिस्टिस जिरोभेसी प्रमुख कारक हुने गर्छ ।

यस्ता छन् निमोनियाका लक्षणहरू

१. शुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्छ र पछि गएर छिटो-छिटो सास फेर्ने वा सास फेर्न गार्हो हुन्छ ।

२. ज्वरो आउँछ (१०२ फरेनहाइटभन्दा माथि) ।

३. कोखा हान्ने जस्ता लक्षण र चिह्नहरू देखा पर्दछन् ।

४. कडा निमोनिया भएमा बच्चा खान-पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ । कसै-कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ ।

निमोनियाको उपचार

१. निमोनियाको उपचार एन्टिबायोटिक औषधिबाट गर्न सकिन्छ । यसको औषधि घरैमा बसेर सेवन गर्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !