२४ बैशाख २०८१, सोमबार

यस्तो छ नेपाली जडिबुटी लोपोन्मुख हुनुको रहस्य


नेपाली जडिबुटी

मानव जीवनसंग जडिबुटी जोडिएको छ चाहे एलोपैथिकबाट होस् या हर्बल बाट होस् या होम्योपैथीकबाट होस् या इलेक्ट्रो होम्योपैथीक किन नहोस् । आज आयुर्वेदले जडिबुटीलाई त्यति वास्ता गरेको पाइदैन । यदि वास्ता गरेको भए अन्य पैथीको स्रोत जडिबुटी बन्ने थिएन ।

जब-जब कुनैपनि बस्तुलाई संरक्षण गर्न सकिदैन तब-तब त्यस्ता वस्तुमा अरूको नजर पर्न थाल्द छ । आज आयुर्वेद अन्य पैथी भन्दा पछि पर्नुको कारण यही हो भन्दा खासै फरक छैन । मैले सानैदेखि यस्ता कुरामा चासो दिदै आएको छु । एलोपैथिकले आयुर्वेदलाई मोर्डनमा ढाल्न खोजी रहेको छ ।

नेपालमा पाइने जडिबुटी चमत्कारयुक्त भएका र चाँडो रोग निको हुने खालका हुनाले नै यसको महत्व बढेको छ । आयुर्वेदले वास्ता नगर्दा आज जडिबुटी हराउदै गएको देखिन्छ । मेरा बुबा वैद्य भएकाले होला सायद जडिबुटीतर्फ मेरो झुकाव भएको हुनुपर्छ । मैले जडिबुटीबारे जनचेतना फैलाउन जोड गर्दै गर्दा कतिपयले फाइदा उठाउनु भएको हुन सक्छ ।

जडिबुटी ५००० हजार बर्ष पहिले देखि नै हाम्रा ऋषिमुनिहरूले जडिबुटी कै साहेताले उपचार गर्दै आएका थिए । अहिले मान्छेको ध्यान आधुनिक चिकित्सातर्फ पुग्न गयो र मान्छेले जडिबुटीमा त्यति ध्यान दिन छोड्दै गयौं । कतिपय अनुभवी व्यक्तिहरूले आज पनि जडिबुटीबाट उपचार गर्दै आएको हामी देख्न सक्छौं ।

जडिबुटी हाम्रो सम्पदा हो यो बुझ्न जरूरी छ । यदि हामीले समयमा यस्ता जडिबुटीबारे जानकारी प्राप्त गर्न सकेको खण्डमा सिङ्गो परिवारलाई रोगको दलदलबाट बचाउन सक्नेछौं । आज कोरोना भाइरसबाट बचाउन भान्साको औषधि ले ठूलो मद्दत गरेको छ । नेपाली रोगको दलदलबाट बचाउन भान्साको औषधिले ठूलो मद्दत गरेको हामीले देख्न सक्छौं ।

आज एलोपैथिकले यिनै जडिबुटीको साहेताबाट विश्वमा राम्रो भूमिका खेल्न सफल भएको छ । त्यसै गरि होम्योपैथीक, युनानी, एलेक्ट्रो होम्योपैथीक जस्ता उपचार पद्धति जडिबुटीकै माध्यमबाट धेरै अगाडि आउन सफल भइसकेका छन् । तर हाम्रो परनिर्भरपनले बहुमुल्य औषधि माथि अनुसन्धान गर्न नसक्दा धेरै पछाडि परेका छौं । आयुर्वेदिक इन्जेक्सन पलान्ट शुरू गर्न सके आयुर्वेदिकलाई हामील धेरै अगाडि ल्याउन सक्ने थियौं ।

आज आयुर्वेदिक पठन-पाठन गर्न धेरै गारो हुने हुनाले मानिसको झुकाब यता गइरहेको छैन । हामीले आयुर्वेद शिक्षा दिन सवैभन्दा पहिले संस्कृति पठन-पाठन देशमा पढाउन थाल्नु पर्दछ । तर यता कसैको ध्यान पुग्न सकेन सवैभन्दा ठूलो कमजोर देखिन थालेको छ या आयुर्वेदको शिक्षालाई परिवर्तन गर्दै नेपालीमा बढाउने व्यवस्था गरिनु पर्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !