१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणको खतरा बढेको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै भिडभाड हुने काम नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सचेत रहन सबैलाई अपील गरेको हो ।

सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भिडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक र भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको हो । पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशमा कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतमले निकालेको विज्ञप्तिमा सतर्कता अपनाउन संचेत गराएको हो ।

सरकारले भिडभाडयुक्त गतिविधि नगर्न भने पनि राजनीतिक दलहरुले केही समययता त्यस्ता गतिविधि गरिरहेका छन् । पछिल्लो पटक छिमेकी भारत लगायतका देशमा संक्रमण बढेपछि नेपालमा पनि संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेको छ ।

सरकारद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !