२२ बैशाख २०८१, शनिबार

डा. भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद परिषद् तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेको छ । तर तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।

चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो ।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई-तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका छन् ।

न्युरो-इन्क्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाह अनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने छन् ।

डा. भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !