काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद परिषद् तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेको छ । तर तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।
चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो ।
देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई-तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका छन् ।
न्युरो-इन्क्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाह अनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने छन् ।
मेरो स्वास्थ्य परीक्षण पूरा भएको छ।डाक्टरहरूका अनुसार मेरो पेटमा देखिएकोNET क्यान्सरग्रस्त छैन।स्वास्थ्यवारे चासो/शुभेच्छा व्यक्त गर्नुहुने सबैलाई र विशेषत: डाक्टरहरू भारतका बिक्रम भाटिया,टी के चटर्जी र नेपालका निरज जोशी,सुवोध अधिकारी,बुलन्द थापा,लोचन कार्की,अजित खनाललाई धन्यवाद! pic.twitter.com/O0klHsXgsp
— Baburam Bhattarai (@brb1954) March 1, 2021