२० बैशाख २०८१, बिहिबार

तोकेको भन्दा १२ लाख बढी शुल्क असुल्दै चितवन मेडिकल कलेज


chitwan medical college

११ माघ, चितवन । एमबीबीएस अध्ययनमा चितवन मेडिकल कलेज भरतपुरले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले तोकेभन्दा १२ लाख बढी लिने गरेको पाइएको छ । ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले थप शुल्क लिएको अनुगमनका क्रममा भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार गरेको अनुगमनमा कलेजले एमबीबीएस अध्ययनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजारबाहेक विभिन्न शीर्षकमा थप १२ लाख लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए ।

कलेज प्रशासनले भने शुल्क निर्धारण पत्रअनुसार नै शुल्क लिएको जनाएको छ । ट्युसन, लाइब्रेरी वा अन्य विभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकाले नयाँ विद्यार्थीसँग भर्ना हुने क्रममा ६ लाख र कक्षा सञ्चालन अवधिमा ६ लाख गरी १२ लाख लिने कलेजले निर्णय गरेको कलेज प्रशासनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !