८ बैशाख २०८१, शनिबार

अस्पतालका सफाइ कर्मचारीको हातबाट जुस पिउँदै डा. गोविन्द केसीले तोडे अनसन


डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौँ, असोज २५। देशमा ब्याप्त स्वास्थ्य क्षेत्रको बिकृति र बिसंगति सुधारका लागि अनसनरत प्रा.डा. गोविन्द केसीले १९ औं आमरण अनसन तोडेका छन् । चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि २८ औं दिनमा अनसन तोडेका हुन् ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसीले सोही अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था नाजुक भएका डा. केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

यो पनि पढ्नुहोस्

सरकार र डा. केसीबीच मध्यरातमा ८ बुँदे सहमति, अनसन तोडिएको घोषणा आज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !