१४ बैशाख २०८१, शुक्रबार

दैनिक ३ दाना खजुर खानाले शरीरलाई मिल्छ यस्ता फाइदाहरु


खजुरका फाइदा

खजुरका फाइदाखजुरलाई हामी कुनै पनि मौसममा खान सक्छौ । खजुरलाई तपाई सिधै खानुस या अन्य कुनै खाद्य पदार्थमा मिलाएर पनि खान सक्नुहुन्छ । कोहि-कोहिले दहीमा मिसाएर पनि खाने गरेको पाइन्छ यसले दहीको स्वाद शक्ति बढाउन मद्दत गर्दछ ।खजुरमा रहने प्रोटिन, विटामिन र मिनरल्सले शरीरलाई निकै शक्ति प्रदान गर्दछ ।जो धेरै थकान महसुस गर्दछन, अथवा थोरै काम गर्दा पनि थकानको महसुस हुन्छ भने उनीहरुले दैनिक ३ दाना खजुर खानु निकै लाभदायी मानिन्छl दैनिक रुपमा विहान नास्ता खानु भन्दा पहिला, खजुर खाएपछि तुरुन्तै १ गिलास मनतातो पानी पिउनुस, यो प्रकृया लगातार एक महिना सम्म गर्नुहोस यदि तपाई यो समयभन्दा पनि बढी समयसम्म खान चाहनुहुन्छ भने यसलाई निरन्तरता दिन सक्नुहुन्छ यसले दैनिक रुपमा शरीरलाई चाहिने शक्ति प्रदान गरिनै रहन्छ ।

आउनुहोस दैनिक ३ दाना खजुर खानाले हाम्रो शरीरलाई हुने यी केहि फाइदाहरु , यदि तपाइलाई तलका यी, समस्याले सताएका छन भने खजुर दैनिक रुपमा खादा तपाइलाई निकै लाभ मिल्नेछ ।

उच्च रक्तचाप :
उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेशरको समस्यामा खजुर खानाले निकै फाइदा पुग्दछ । खजुरको दैनिक प्रयोग र सही मात्रामा खानाले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत निकै लाभदायी मानिन्छ ।तर, यसको साथ-साथ दौनिक नियमितरुपमा नै ब्ययाम पनि गर्नु जरुरी नै हुन्छ । जाडोको मौसममा उच्च रक्तचापका बिरामीले नियमितरुपमा आफ्नो नास्ता संगै ३ दाना खजुर खानाले निकै फाइदा पुग्दछ ।

थकान दुर गर्न :
खजुरमा निकै राम्रो मात्रामा आइरन पनि हुन्छ l जसलाई अघिक थकानको महसुस हुन्छ अथवा आफुमा कमजोरी भएको महसुस भएको छ । हामीले नियमित रुपमा खजुरको ३ दाना प्रतिदिन खानाले शरीरमा कमि भएको आइरनको मात्रालाई पुरा गरिदिन्छ । बिशेष हामीले खजुरलाई दैनिक रुपमा प्रयोग गर्दा नियमित व्यायाम गर्नुनै पर्ने हुन्छ, किनकी यसमा उच्च मात्रामा प्रोटिन, विटामिन र मिनरल्स जस्ता तत्वहरु पनि पाइने हुदा शरीरले उपयुक्त तरिकाले ति तत्वहरु लिनका लागि ब्यायाम महत्वपूर्ण भूमिका खेल्दछ ।

पाचन शक्तिलाई बढाउन :
खजुर नियमित रुपमा खानाले हाम्रो पाचन शक्तिलाई बढाउदछ । पेट सम्बन्धि कस्तै पनि समस्या छ, भने खजुरको नियमित सेवन रामबाण नै सिद्द हुन्छ । यसले पाचन प्रकृयालाई मजबुद एबम शक्तिशाली बनाई भोकलाई जगाउछ ।

ह्र्दय रोगमा :
ह्र्दय रोगीका बिरामीलाई खजुर निकै लाभदायी हुन्छl यदि ह्र्दय रोगको बिरामी हुनुहुन्छ भने दैनिक ३-४ दाना खुजुर खानुहोसl खजुरमा शरीरमा रहेको कालेस्ट्रोरको मात्रालाई नियन्त्रण गर्न सक्ने क्षमता रहेको हुन्छ जसले ह्र्दय आघात हुने खतरामा कमि ल्याउछ ।

हड्डी कमजोर भएमा :

खजुरमा कम मात्रामा सोडियम र धेरै मात्रामा मिनरल्स र केहि मात्रामा कैल्शियम हुने कारणले खजुर हाम्रो शरीरका हड्डीहरुका लागि निकै लाभदायी मानिन्छ । खजुरमा पाइने सेलिनियम मैगनिज, कापर जस्ता मिनरलहरुले हाम्रो हड्डीलाई मजबुद बनाउन निकै मद्दत पुर्याउदछ।

नोट: हामीले दैनिक रुपमा खजुर खादा नियमित रुपमा ब्यायामहरु पनि गर्नु पर्ने हुन्छ जसले गर्दा खजुरमा भएको पौटिक तत्वहरुलाई हाम्रो शरीरले राम्रो संग पचाउन मद्दत मिल्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !