२२ बैशाख २०८१, शनिबार

चिसोवाट बच्ने घरेलु उपायहरु


चिसोवाट बच्ने घरेलु उपायहरु
राम मगर
राम मगर

१२ पुस, काठमाण्डौ । विशेषगरी पहाडी भेगका धेरै मानिसहरुले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने धेरै जोखिमयुक्त  हुने  कुरा चिकित्सकले बताउछन् । त्यस्तै गरी चिसोकै कारणले गर्दा विभिन्न रोगहरु ह्वात्तै बढेको र धेरैलाई सताउन थालेको छ । जाडो याममा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी नै समस्या हुने गरेको छ । सरुवा रोग अस्पताल टेकुका डा. शेर बहादुर पुन र  सहिद शुक्रराज ट्रपिकलका अनुसार चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढेका छन् ।

चिसोवाट बच्ने घरेलु उपायहरु
१. मौसम अनुसारसंगै बाग्लो ज्याकेट, टोपी, मास्क  लगाएर हिड्नुपर्छ ।
२. बिरामीहरुले औषधी सेवन निरन्तर रुपमा गर्ने ।
३. खानेकुराहरुमा फलफुल, तातो पानी, मांसहारी भए माछा मासु र झोलिला पदार्थ, पोषिलो खानेकुराहरु आवश्यकता अनुसार खाने ।
४. कुनै रोग लागेका व्यक्तिदेखि टाढा रहने ।
५. यदि हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने भएकाहरूले सकभर शरिर छोप्ने गरी कपडा लगाउँने ।
६. लागु पदार्थको सेवनवाट टाढा रहने ।
७. आगो ताप्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !