११ जेष्ठ २०८१, शुक्रबार

स्वर बसेकोमा राती गेडी हो यसको अचूक औषधी


राती गेडी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल राती गेडीबाट सुन जोख्ने चलन हराई सकेको छ । स्वर बसेको बेला यसको प्रयोगले राम्रो फाइदा हुने कुरा यहाँ दिन गइरहेको छु । स्वर बस्दा निकै गार्हो हुन्छ । यसबारेमा आज मैले मेरो अनुभव यहाँ दिन गइरहेको छु ।

घटना धेरै पुरानो हो मेरो मम्मीले चुरोट लिने गर्नु हुन्थ्यो । मैंले एकपटक यसको धूगा लिने सोच गरे र आमाले चुरोट तल राख्ना साथ २ सर्का के तानेको मलाई खोकी लाग्यो केही क्षणमा कफ काटियो स्वर खुलेको थियो । तर यसलाई संयोग सम्झनु पर्छ । मेरो स्वर बसेमा यो विधिले निको हुन्छ ।

तर आजको यो लेखमा भने मैंले राती गेडीबाट कसरी उपचार गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु । यदि स्वर बसेको छ औषधि सेवन गर्दागर्दै पनि निको भएको छैन भने राती गेडीको पात मुखमा राखेर चुस्दै गर्नु चमत्कारिक फाइदा देखिन थाल्ने छ । स्वर खुल्दै जानेछ ।

हाम्रो बारेमा यो जस्ता अनेकौं औषधिहरू प्रायः खेर गइरहेको छ । सहि तरिकाले सदुपयोग गर्न सके यो जस्ता अनेकौं रोगको उपचार हुने देखिन्छ । थुप्रै औषधि सेवन गर्दा पनि निको नहुने रोग यस्तो सामान्य औषधिले निको भएतापनि हामीले एलोपेथिक औषधि नै बढी प्रयोग गर्ने गरेका उदाहरण हामीले दिन सक्छौं ।

औषधि एलोपेथिक नखानुस् भन्न खोजेको होइन तर हाम्रो जंगलमा त्यसै खेर गएका औषधि प्रयोग गरौं भन्ने मेरो राय मात्र हो । नि:शुल्क पाए १० माना चुक खाने नेपाली औषधिको रूपमा जडिबुटी प्रयोग गरौं भन्दा कसैलाई वास्ता छैन । नेपाली पछि पर्नुमा परनिर्भर नै प्रमुख भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !