१३ बैशाख २०८१, बिहिबार

गोरख मुंडी र आँखाको रोगको उपचार


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आँखाको रोगमा गोरख मूंडी महत्वपूर्ण औषधि अन्तर्गत पर्दो रहेछ । यसबारे जान्न आवश्यक छ । आँखा भन्ने वित्तिकै अधेरोबाट उज्यालो देखाउने एउटा माध्यम पनि हो । आज प्रकृतिले हामीलाई अमुल्य औषधि प्रदान गरेको छ । आज हामीले गोरख मूंडीका फाइदाबारे प्रकाश पार्नेछौ ।

यो जडिबुटी हाम्रो भुमिमा प्रशस्त पाइने भनेको छ । यो जडिबुटीबाट हामीले कमजोर नेत्र भएमा पनि यसको प्रयोगबाट कसरी फाइदा उठाउन सकिनेछ भन्ने कुरा यो लेखबाट प्रष्ट हुनेछ । आँखा सम्बन्धि रोगमा यो जडिबुटी सेवन गरेर कमजोर आँखामा ज्योति भर्न र रोग हटाउन सक्नुहुन्छ ।

अब यो जडिबुटी उखालेर ल्याउनुहोस् र राम्रोसँग धोएर सुकाएर राख्नुस् । यो जडिबुटी ४,५ दिनमा सुक्नेछ । यसरी सुकाएको जडिबुटीलाई लोटामा राती एक चुटकी लोटाको पानीमा राखेर भोलिपल्ट प्रतिदिन यो पानी सेवन गराउनुस् र यही पानीले आँखा धुनुहोस् सवै प्रकारको आँखाको रोग यसको प्रयोगले निको बनाउदछ ।

सेवन गर्ने तरिका एक गिलास दूधमा राखेर दिनमा २ पटक खान सकिन्छ । यो जडिबुटीको साहेताबाट आँखाको समस्त रोग हटाउन महत्वपूर्ण भुमिका निभाउन सक्नेछ । आज यो जस्ता अनेकौं जडिबुटी हाम्रो वरिपरि छन् तर हामीले प्रयोग गर्न नजान्दा त्यसै खेर गइरहेको देखिन्छ । नेपालपछि पर्नुमा परनिर्भर प्रमुख मान्न सकिन्छ ।

नेपालमा बेरोजगार युवाहरुलाई परिचालन गर्न प्रशस्त सम्भावना हुँदाहुँदै पनि हामीले नजान्दा आज देशले युवा पलायन हुनबाट रोक्न सकेको छैनन । हरेक परिवारमा एक जनाले जडिबुटी पेसामा लाग्न मात्र सकेपनि बेरोजगार मेट्न सकिने सम्भावना छ ।

वैज्ञानिक बनमा जडिबुटी खेती गर्न सके देशको आर्थिक स्तरमा सुधार गर्न सक्ने प्रशस्त सम्भावना छ । आज अन्तर्राष्ट्रिय स्तरमा गाँजाबाट बहुमुल्य औषधी बनायर नेपाल भित्रिएका त्यस्ता औषधि जस्ले नेपालको आर्थिक स्तरमा समेत राम्रो सुधार हुनेमा लागुऔषध भन्दै फाल्ने गरेको देखिन्छ । सरकारले सदुपयोग गर्न सके देशलाई स्वीजरल्याण्ड बनाउन त्यति गार्हो छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !