१२ बैशाख २०८१, बुधबार

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई विमानस्थलबाटै प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर


डा. गोबिन्द केसी

काठमाडौं, असोज ६ । नेपालगञ्जबाट अनशनकै क्रममा मंगलवार काठमाडौं ल्याइएका डा. गोविन्द केसीलाई विमानस्थलबाटै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लागेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगञ्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो ।

काठमाडौं आएर आफूले सेवा गरेकै त्रिवि शिक्षण अस्पतालमा अनसन बस्न जान लाग्नुभएका डा. केसीलाई प्रहरीले जवर्जस्ती उपचार गर्नका लागि ट्रमा सेन्टर पुर्याएको हो । गृहमन्त्री रामबहादुर थापाको आदेशमा काठमाडौं प्रशासन र प्रहरीले केसीलाई टिचिङ जान रोकेको बताइएको छ । डा. केसीले प्रहरीको यस कामको कडा बिरोध गर्नुभएको छ ।

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीको एक टालीले उनको इच्छाविपरीत ट्रमा सेन्टर लगेको हो । डा. केसीको समर्थनमा विमास्थल पुगेको शुुभचिन्तकहरुले उनलाई अपहरण शैलीमा ट्रमा सेन्टर पुर्‍याइएको बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई बढाएर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन शुरु गरेका थिए ।

जुम्लामा अनशनका क्रममा धरपकड हुनसक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी काठमाडौंतर्फ आएका थिए । जुम्लाबाट अनसन सुरु गरेको केसी त्रिवि शिक्षण अस्पताल परिसरमा बसेर अनशनलाई निरन्तरता दिने सोचमा थिए ।

प्रहरीको सहयोगमा सरकारले अपहरण गरी अस्पताल पु र्‍याएपछि भने कहाँ अनसन बस्ने भनेर निधो भएको छैन । केसीले प्रहरीलाई जबरजस्ती नगर्न आग्रह गरेपनि उनलाई धरपकडका साथ ट्रमा सेन्टर लगिएको प्रतक्षदर्शीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !