१४ बैशाख २०८१, शुक्रबार

वाथ जोर्नी दुख्ने रोग र यसको सफल उपचार


वाथ जोर्नी दुख्ने रोग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल प्राय हरेक घरमा जोयन्ट पेन (जोर्नी दुख्ने) रोग धेरै देख्न सकिन्छ । यस्तो हुनुको प्रमुख कारण बाथ भएको सहज अनुमान लगाउन सकिन्छ । आजको लेखमा जोर्नी दुख्ने रोगको बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु । बाथ रोग किन लाग्छ ? भन्ने प्रश्न सोध्न मन लाग्नु स्वाभाविक हो । यो रोग खास गरी युरिक एसिड बढ्न गएमा हुने गर्दछ ।

साधारणतया सबैजसो जोर्नी दुखाइलाई हामी बोलीचालीको भाषामा बाथ रोग भनेर चिन्दछौं । के बाथ रोग जोर्नीको दुखाईलाई मात्र भनिन्छ त ? मान्छेलाई बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के-के हुन् ? कसले र कहाँ यसको उपचार गर्ने ? जस्ता जिज्ञासा सबैको मनमा उब्जिनु स्वाभाविक हो ।

अर्कोतिर बिरामीलाई औषधिबारे राम्रोसँग जानकारी गराउने फुर्सद हामीमध्ये कमै डाक्टरलाई मात्र हुँदो हो । त्यसैले यहाँ सरल भाषामा बाथ रोगबारे राम्रो जानकारी दिने कोशिश गरेको छु । बाथ रोगको लक्षण, उपचार र औषधिबारे पनि जानकारी पस्कनेछु ।

बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो । यो रोगको औषधि बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन् । समयमा उपचार नपाउँदा बाथ रोग मृत्युको कारण पनि बन्न सक्छ ।

शरीरमा अम्लीय एसिड तत्व बढेर रगतलाई दूषित पार्ने र सोही दूषित रगत युरिक एसिडका रुपमा हात खुट्टा र जोर्निहरुमा प्रवेश गर्दछ । त्यस स्थितिमा जोर्नी सुनिने र दुख्‍ने गर्दछ । जसका कारण ज्वरो आउने पनि गर्छ ।

वाथ रोगका लक्षणहरु

१. विहान उठ्ने बेलामा हात खुट्टा दुख्‍ने ।
२. हात खुट्टाका औंला दुख्ने सुन्‍निने घुँडा दुख्‍ने ।
३. गोली गाँठा र जोर्नीहरु दुख्‍ने सुन्‍नि छालाको रङमा परिवर्तन आउने हुन सक्छ ।

बाथ रोग भएमा के नखाने ?

वाथ रोग हुनेहरुले खानपानमा निकै ख्याल गर्नुपछ भिटामिन ए, डी र इ तत्व पर्याप्त मात्रामा खाने गर्नुपर्छ । तर प्रोटिन भएका खानेकुरा खानु हुदैन । जस्तो: टमाटर, पालुग्ङो, तोरीको साग बाथ रोगीका हानिकारक हुन्छ ।

काचो तरकारीहरुको रस, गाँजर, स्याउ, मौसम, अनार, जस्ता फल खानु उपयोगी मानिन्छ । मद्यपान, धूम्रापान गर्नुहुदैन् । त्यस्तै जंगफुडको प्रयोग पनि गर्नुहुदैन् ।

बाथ रोगको उपचार

१. माहाराश्नादि काढा १५ मिली समभाग पानी मिलाएर दिनमा २ पटक खान दिने ।

२. महायोगराज गुगुग्गुल १ गोली दिनमा २ पटक खान दिने ठिक हुन्छ ।

३. अशोगन्धा क्यापसुल २ क्याप्सुल दिनमा २ पटक खान दिने ।

४. महानारायणको तेल दिनमा २ पटक मालिस गर्ने ।

५. गाइको घीउमा लहसुन फुराएर खाने गर्नाले पनि यो रोगमा राम्रो फाइदा हुन सक्छ ।

नोट : यस्तो समस्या देखिएमा आयुर्वेदिक डाक्टरको परामर्शमा उपचार गर्ने बानी बसाल्नु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !