२२ बैशाख २०८१, शनिबार

किन युवाहरु युवतीहरुदेखि डराउँछन् ?


किन युवाहरु युवतीहरुदेखि डराउँछन् ?

कतिपय मानिसहरु महिलादेखि डराउने गर्दछन् । धेरैजसो युवाहरु अबिबाहित युवतीसंग डराउनु आफैँमा अनौठो कुरा हो । यहाँ गल्ती गरेर डराउने कुरा गरिएको होइन । कतिपय पुरुषहरुमा अबिबाहित महिलादेखि डराउने समस्या हुन्छ । जस्तै युवतीहरुको अगाडि ठाडो अनुहार लगाएर हेर्न नसक्ने, बोल्न डर लाग्ने, के भनेर सम्बोधन गर्ने भनेर चिन्ता हुने, कसैले देख्लाकी भन्ने चिन्ता हुने आदि । यहाँ गाइनोफोबियाको बारेमा कुरा गरिएको होइन । यो गाइनोफोबिया भन्दा नितान्त फरक कुरा हो । गाइनोफोबिया भएकाहरु सबै किसिमका महिलाहरुदेखि  डराउँछन् । युवतीदेखि  डराउने समस्या एक साइकोलोजिकल समस्या हो । यसका निम्न कारणहरु छन् ।
१. आफु नराम्रो छु भन्ने कुराको भान हुनु जसले गर्दा युवतीहरु मलाई घृणा गर्छन् भन्ने महसुस हुनु ।
२. शरिरमा एडृनलिन हर्मोनको मात्रा कमी हुनु जसले गर्दा आत्मबल कम हुनु ।
३. आफुलाई सबै कुरामा कम्जोर देख्नु ।
४. सेक्सुअल्ली कम्जोर छु भन्ने भान हुनु ।
५. अप्राकृतिक यौनक्रिया गर्ने।
६. युवतीप्रति नकारात्मक सोच राख्ने र एक्लै हुँदा युवतीसंगै भएको कल्पना गर्ने ।
७. पुरुष भएर पुरुषप्रति नै आकर्षण बढ्नु या होमोसेक्सुअल नेचर हुनु ।
८. आफु सँधै राम्री युवतीहरुको वीचको कल्पना गर्ने।
९. प्राय जसो युवतीहरुको बारेमा मात्र सोचीरहने।
१०. राम्री केटीहरुको ब्याइफ्रेण्ड हुन्छ भन्ने भान हुनु र आफु उनीहरुसंग बोल्दा उनका आफुभन्दा अरु केटाहरु ह्याण्डसम छन् र तिनीहरुलाई केटीहरुले मनपराउँछन् भन्ने भान हुनु ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !