२३ बैशाख २०८१, आइतबार

अर्बुद रोग (क्यान्सर) बारे रोचक जानकारी


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

क्यान्सरलाई आयुर्वेदमा अर्बुद रोग भनिन्छ । आयुर्वेद अनुसार हाम्रो शरीरमा भएका दोषहरू वात, पित, कफ सामान्य अवस्थामा रहे व्यक्ति स्वस्थ रहन्छ तर जब वात, पित, कफ यी दोषहरू दूषित भएर मांस र रक्त धातुलाई प्रभावित गर्छ, तब अर्बुद रोग (क्यान्सर) उत्पन्न हुन्छ । शरीरको कुनै भागमा अवाञ्छित, अनियन्त्रित वृद्धि हुनु । वेदनारहित श्राव, शरीरमा परिवर्तित क्रियाहरू यस रोगका लक्षणहरू हुन् ।

कारण

बढी मासु, तम्बाकु, चुरोट, गुटखा, बिडी सेवन गर्नु । रासायनिक दुष्परिणाम र अर्बुदजन्य (कार्सिनोजेनिक) औषधिहरूको बढी सेवन, दूषित पानी, वायुमा भएको हानिकारक पदार्थ अर्बुद रोगका कारण हुन् ।

कुन चरणमा उपचार असम्भव हुन्छ ?

क्यान्सरका चार चरण हुन्छन् । पहिलो र दोस्रो चरणमा क्यान्सरको उपचार सम्भव हुन्छ । तेस्रो चरणमा पुगेपछि उपचार गर्न कठिन हुन्छ, यद्यपि असम्भव हुँदैन । चौथो चरणमा भने असम्भव हुन्छ । त्यसपछि आयु लम्ब्याउने काम मात्र हुन सक्छ ।

उपचार

क्यान्सरको उपचार भनेको आयुलाई लम्बाउनु हो । खानपानमा केयर गर्न सके र मानसिक चिन्ताबाट आफुलाई मुक्त राख्न सके ठिक हुन्छ । यस्ता उपचार आयुर्वेदमा छ यसका लागि योग्य बैधको रेखदेखमा काचनार गुग्गुल र काँचो लसुन प्रात: खाली पेट खानाले यो रोगमा राम्रो फाइदा देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !