२१ बैशाख २०८१, शुक्रबार

औषधिको परिभाषा र प्रकारहरु


औषधि
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधि त्यसलाई भन्दछन् जसको असर तत्काल देखिदैन तर रोगलाई दबाउदैन । लामो समय चलाउदा पनि यसले शरीरमा कुनै पनि प्रकारको घातक प्रभाव देखाउदैन । रोग लागेको अवस्थामा एलोपैथिक औषधि चलाउदा प्राय: मानिसको शरीरमा भएको रोगप्रतिरोधक क्षमता ह्रास भएर जान्छ । शरिर कमजोर हुदै जान्छ ।

तर औषधिको श्रेणीमा परेका सवै औषधि प्रयोग गराउदा इम्युनोसिस्टमलाई बलियो बनाउदै जान्छ । रोगसंग लड्ने क्षमता शरीरम क्रमश: वृद्धि भएर जान थाल्दछ । आजकालको यो युगमा वियरले जस्तै काम गर्ने खालको औषधि मानिसलाई चाहिएको छ । चाहे जे होस् अर्को रोग शुरु भए यहि औषधि सेवन गराउला भन्ने खालको भावना पैदा गराएको देखिन्छ ।

रोग लाग्नुको पछाडि अर्को महत्वपूर्ण कुरा के छ भने डाक्टरको सल्लाह भन्दा माथि उठेर आफुखुसी औषधि चलाउने समयको ख्याल नगर्ने । के खाने के नखाने कुरामा ध्यान नदिने हुनाले औषधिले उल्टो काम गर्ने हुन्छ ।

मलाई फोन आयो डाक्टर साब मलाई जण्डिस भएको रहेछ । आज औषधि लिएर आएको छु ।यो औषधि भोलीबाट खानुपर्ला आज थोरै रक्सी खान्छु है । यहाँ हामीले एउटा कुरा बुझ्न आवश्यक छ । रोग लाग्नुको प्रमुख कारण भनेकै रक्सी हो तर रक्सी खान छोड्ने मन छैन भने उसको रोग कसरी निको हुन्छ ।

रोग लाग्नुको मुल कारण भनेको खानपान रहन सहन पनि प्रमुख देखिन्छ । डाक्टर भगवान होइन डाक्टरले लेखेको औषधि उत्पादन गर्ने कम्पनी यदि ठिक छैन भने कम्पनीको नाम होइन डाक्टरको नाम अगाडि आएको हुन्छ । रोग निको गराउनमा औषधि पनि ठिक हुन आवश्यक छ ।

आज एकजना सर उहाँ बैङ्कको स्टाप हुनुहुन्छ । बुवाले मलाई एउटा सन्देश फरवार्ड गर्नुभयो उहाँलाई हामीले आयुर्वेदिक र होम्योपैथीक औषधि चलाएका थियौं । धन्यवाद दिदै लेख्नुहुन्छ हजुरहरूलाई धेरै धेरै धन्यवाद ! मलाई जिज्ञासा जागेर आयो उहाँले यदि औषधि र पानी ठिक तरिकाले नखाएको भए यो पत्थर झर्ने थिएन । यहाँ डाक्टरले लेखेको कलमले ठिक भएको होइन यो त ठिक औषधि परेर भएको थियो ।

यस्ता हजारौं धन्यवाद हामीले पाउछौं यो सवै अनुभव अनुसन्धान र सुझबुझको परिणाम हो । जबसम्म डाक्टरको निर्देशनलाई पालना गरिदैन तबसम्म रोग निको हुने सम्भावना कम हुन्छ ।

औषधिलाई २ भागमा विभाजन गर्न सकिन्छ ।

१. औषधि (आयुर्वेदिक, होम्योपैथीक, युनानी, बायोकेमिक, इलेक्ट्रो होम्योपैथीक, हर्वल)

२. एलोपैथिक

दबाई (एलोपैथिक औषधि)

एलोपैथिकलाई दबाइको श्रेणीमा राखेका छौ । एलोपैथिकले दुर्त गतिमा काम गर्छ २४ घण्टाभित्र पिसाबको माध्यमबाट बाहिर निस्काशन हुन्छ । रोगलाई तत्काल फाइदा देखाउछ एउटा रोग निको हुन्छ । कालान्तरमा अर्को रोगको आगमन हुन्छ । रोगलाई दबाउने काम एलोपैथिकले गर्छ । जस्तै बियरको नसा ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !