२४ बैशाख २०८१, सोमबार

एक्लोपनबाट स्वास्थ्यमा पर्ने खतरा


alone

मानिस एक समाजिक प्राणी हो जसलाई बाच्नका लागि सुरक्षा र सामाजिक वातावरणको आवश्यकता पर्छ । तापनी प्राय सबै एक्लै बस्ने क्षमता राख्छौ । निराश वा चोट पर्दा बाँकी संसारबाट एक्लै बस्नु एक्लोपनको मुख्य विशेषता हो । अहिले संसारका लाखौं मानिस एक्लोपनको शिकार भएका छन् । जसका कारण उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । जीवनमा प्राय मानिसले घरी-घरी एक्लोपनको महशुस गर्नुपर्ने भए पनि निरन्तर एक्लै बस्नु भने स्वास्थ्यका लागि गम्भीर खतरा हो ।

स्वास्थ्यमा एक्लोपनको असर

  • डिप्रेसन र आत्महत्या

एक्लोपनका कारण डिप्रेसनको समस्या बढ्छ जसका कारण मानिसले आत्महत्याको बाटो रोज्न बाध्य हुन्छ । समाजबाटै एक्लै हुँदा बिस्तारै यसले मानसिक समस्या बढाउँछ । जब हामी सामाजिक सम्बन्धबाट टाढिन पुग्छै हामी मानसिक र शारीरिक रोगबाट पीडित बन्छौ । एक्लोपन वा सामाजिक बहिष्करणलाई सम्बोधन नगरिए यसले चरम निराशा उत्पन्न गर्छ ।

  • मुटुजन्य रोग र स्ट्रोक

एउटा नयाँ अध्ययन अनुसार एक्लोपन र मुटुसँग सम्बन्धित रोगबीच घनिष्ट सम्बन्ध रहने गर्छ । एक्लोपनले मुटुका धमनीलाई कठोर बनाउछ जसका कारण उच्च रक्तचाप, ह्दयघात, स्ट्रोक लगायत मुतुजन्य अन्य समस्या उत्पन्न हुन्छ । एक्लोपन हुँदा स्ट्रेस हर्मननले मुटुमा कोलेस्ट्रोल बढाउछ ।

  • सुताइ असन्तुलन

एक्लोपन र सुताईको असन्तुलनबीच गहिरो सम्बन्ध रहेको हुन्छ । एक्लोपनको थोरै मिनेटको अन्तरले पनि निन्द्रामा अशर गर्छ । अध्ययन अनुसार सामाजिक रुपमा एक्लो भएका मानिसहरुले निन्द्रा कम पर्ने गुनासो गर्ने गरेका छन् । निन्द्रामा हुने असन्तुलने मानिसको दैनिक जीवनमा पनि गम्भीर असर गर्नेगर्छ ।

  • रोग प्रतिरोध प्रणाली कमजोर

सामाजिक र मनोवैज्ञानिक चलायमानले रोग प्रतिरोध क्षमतामा असर गर्छ । एक्लोपनले मानिसको प्रतिरोध प्रणालीलाई निकै कम्जोर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । उदाहरणको लागि एक्लोपनले नेचुरल किलर (एनके) कोषको गतिविधिलाई न्यून गर्छ र उच्च तहमा इबीभी एन्टीबोडिजालई बढाउँछ ।

  • मानसिक स्वास्थ्य अवस्था

डिप्रेसनको अतिरिक्त एक्लोपनले चिन्ता र पेनिक अट्याक गराउँछ । एक्लोपनले प्रौढहरुमा बौद्धिक पतन गराइदिने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । यसले बुढेसकालमा विर्सने रोग निम्त्याउछ ।

उपचार र एक्लोपनबाट बच्ने उपाय

एक्लोपनबाट बच्न विभिन्न तरिकाहरु अप्नाइएको पाइन्छ । केही बुदा यस प्रकार छन् ।

  • एक्लोपनको पहिचान र बुझ्ने प्रयास गर्नुहोस्

के कारणले एक्लोपन बढिरहेको छ त्यसको पहिचान गर्ने प्रयास गर्नुहोस् । त्यस्तै एक्लोपनले तपाईको जीवनमा पार्ने प्रभावको बारेमा पनि बुझ्ने कोशिश गर्नुहोस् । एक्लोपनकै कारण तपार्इमा विभिन्न मानसिक एवं शारीरिक समस्या निम्तिएका छैनन् ? एकपटक मनन गर्ने हो कि ?

साथीभाई र परिवारसँग सम्बन्ध बढाउनुहोस् । पुनः सम्बन्ध जोडनुहोस्

तपाईको धारणा, रुची र मुल्य र मान्यतासँग मिल्ने मानिसहरुसँगको सम्बन्धको गुणस्तरलाई ध्यान दिनुहोस् । आफूले मन परेको मानिसँग सम्पर्कमा रहँदा एक्लोपनबाट जोगाउँछ ।

  • बाहिरतिर जानुहोस्

सामाजिक कार्य, व्यायम, साथीहरुसँगको भेटघाट, सपिङ अथवा सामान्य रुपमा सार्वजनिक स्थलमा घुम्न जाँदा पनि यसले आनन्द प्रदान गर्छ ।

  • स्वंयम्सेवी

सहयोगको बेला अरुलाई सेभ गर्दा पनि तपाईको बाहिरी मानिसहरुसँगको सम्पर्क बढ्छ ।

पाल्तु जनावरको सहयोगः एक्लो अनुभूति गर्दा पाल्तु जनाबारसँगको सामिप्यता बढाएर पनि आनन्द लिन सकिन्छ । आफूलाई सहयोग नपाएका वा एक्लै बस्ने मानिसले जनावरको सहयोग लिने गरेको विभिन्न अध्ययनले देखाएको छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

खोकी लाग्दा खान नहुने खानेकुराहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !