१४ बैशाख २०८१, शुक्रबार

दुखाई कम गर्ने घरेलु उपायहरु


health

अदुवा

मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ ।

ल्वाङ

दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ ।

प्याजको रस

कान दुखाईका लागि कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुई दिनका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ । यसले अन्य मेडिकल औषधिले भन्दा चाँडो कानको संक्रमण निको पार्छ । वैज्ञानिकका अनुसार प्याजमा पाइने जर्मानियम, सेलेनियम र सल्फर तत्वले दुखाई गराउने ब्याक्टेरिया मार्छन् ।

चेरी

जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।

माछा

पेटको समस्याका लागि पाचनमा समस्या, दिसा गर्दा समस्याहुने इरिटेबल बाउल सिन्ड्रोमजस्ता समस्या छन् भने माछाको नियमित सेवन प्रभावकारी हुन्छन् । अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाई निको पार्न मद्दत गर्छ । इपिए र डिएचएले ग्याष्ट्रोइन्टेस्टीनल ट्र्याक्टको कार्यमा सुधार गर्छन् ।

दही

महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाईबाट पीडित हुन्छन् । यसका लागि दही उपयोगी हुने बताइन्छ । दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन् ।

गोलभेंडा जूस

खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।

बेसार

दुखाई निको पार्न अध्ययनहरुका अनुसार पूर्वीय देशमा निकै प्रचलित बेसार एस्पिरिन, आइबुफ्रेनभन्दा तीन गुणा बढी प्रभावकारी हुन्छ । यसले क्रोनिक दुखाईलाई ५० प्रतिशतसम्म घटाउँछ ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !