१४ बैशाख २०८१, शुक्रबार

वृद्ध उमेरमा पनि युवाजस्तै देखिने उपाय


young

वृद्ध उमेरमा गरिने प्रशस्त शारीरिक अभ्यासले रोग प्रतिरोधी क्षमतामा खस्कँन नदिने र संक्रमणविरुद्ध रक्षा गर्ने वैज्ञानिकहरुले जनाएका छन् । ८० वर्ष उमेर पुगेका १ सय २५ जना साइकलयात्रीका बारेमा गरेका अनुसन्धानबाट वैज्ञानिकहरुले उनीहरुमा २० वर्षका युवामा जस्तै रोग प्रतिरोधी क्षमता भएको पाएका थिए ।

अध्ययनमा सहभागी किङग्स कलेज लण्डनका प्राध्यापक नर्मन लाजारस शारीरिक अभ्यासबाट फाइदा हुने हुनाले सबैले यसलाई आफ्नो जीवनमा पनि लागू गर्नुपर्ने बताउछन् । ‘शरीर, मष्तिष्क, मांसपेशी र प्रतिरोधी प्रणालीका लागि यसको व्यापक उपयोगिता छ,’ उनी भन्छन् । यो अध्ययनबारे ‘एजिङ सेल’ नामक जर्नलमा प्रकाशित छ । अनुसन्धानकर्ताहरुले अध्ययनका लागि रगतमा टी–सेल्सको उपस्थिति हेरेका थिए । यो कोषले नयाँ संक्रमण हुन नदिने काम गर्छन् र यी छातिको थाइमस नामक ग्रन्थीमा उत्पादन हुन्छन् ।

अनुसन्धानका क्रममा पनि साइकलयात्री वृद्धहरुमा टी सेल्सको तह २० वर्षको उमेरका युवाहरुमा जत्तिकै उत्पादन भएको पाइएको थियो । साइकलको प्रयोगले वृद्ध उमेरसंग सम्बन्धित मांसपेशी घट्ने र शरीरमा चिल्लो बढ्नेजस्ता समस्या निम्तन पनि दिँदैंन । बर्मिङघम विश्वविद्यालयको इन्सिच्युट अफ इन्फ्लामेसन एण्ड एजिङकी निर्देशक ज्यानेट लर्डका अनुसार २० वर्षको उमेरपछि मानिसमा रोग प्रतिरोधी क्षमता २ देखि ३ प्रतिशत घट्दै जान्छ ।

यहीकारण वृद्ध उमेरमा रुमाटोइड आर्थराइटिस, क्यान्सरजस्ता रोग निम्तन्छन् । अनुसन्धानकर्ताहरु भन्छन्, ‘वृद्ध उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुँदा भ्याक्सिनले जत्तिकै काम गर्छ र रुघाजस्ता संक्रमणबाट बचाउँछ । एजेन्सी

यो पनि पढ्नुहोस्

हाम्रो दाँत चम्किलो पार्ने उपाय

यी हुन् ओठको कालोपन हटाउने प्राकृतिक उपाय

अनुहार चम्किलो र सुन्दर बनाउने तरिकाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !