२१ बैशाख २०८१, शुक्रबार

चामलका फाइदाहरु


chamall

एशियामै सबैभन्दा बढी प्रयोगमा आउने खाद्यपदार्थ हो चामल । चामलबाट हामी विभिन्न परिकार बनाउँछौं । यसमध्ये भात मुख्य हो । नेपाल, भारतलगायतका देशमा मुख्य खानाको रुपमा भात खाने चलन छ । भात भन्नेबित्तिकै हामीमा पोषणविहीन खाद्यपदार्थ हो भन्ने भ्रम छ । यो गलत हो । चामलमा पनि विभिन्न पोषकतत्व पाइन्छन् ।

प्रायजसो बढी प्रशोधन गरेको चामल बढी चमकदार हुन्छ । यसको तुलनामा प्राकृतिक रुपमा रहेको र प्रशोधन नगरिएको चामलमा बढी पोषकतत्व पाइन्छ । चामलमा पाइने पोषक तत्वहरु –

  • फाइबर

चामलमा पाइने फाइबरले हाम्रो शरीरका आवश्यकता पूरा गर्छ । फाइबरले पेटमा हुने विषाक्त पदार्थलाई नष्ट गर्छ, जसल क्यान्सरको सम्भावना कम हुन्छ ।

  • भिटामिन बी

चामलमा भिटामिन बी पनि पाइन्छ, जसले डिमेन्सिया र अल्जाइमर रोग रोक्न शरीरलाई मद्धत गर्छ ।

  • सेलेनियम

यो चामलमा पाइने एक खनिज हो, यसको सिधा सम्बन्ध हाम्रो प्रजनन क्षमतामा पर्छ । यसैले चामलको उपयोग गर्नाले प्रजनन क्षमताका लागि पनि लाभदायी हुन्छ ।

  • आइरन

चामलमा पाइने पोषकतत्वमा आइरन तत्व पनि हो । यसले शरीरलाई स्वस्थबद्र्धक बनाउन मद्धत गर्छ ।

  • आयुर्वेदमा चामलको स्थान 

आयुर्वेदमा चामलको स्थान महत्वपूर्ण छ । आयुर्वेदमा चामललाई पेट ठन्डा राख्ने खाद्यपदार्थको रुपमा लिइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !